पूर्वाञ्चल खबर
जुनियर जेसिजको २२ औं वार्षिक उत्सवको अवसर पारेर जेसिजले विराटनगरमा आज बिहीबार आयोजना गरेको प्रतियोगितामा आयोजकलाई आठ गोलको बिरुद्ध नेपाल पत्रकार महासंघले दश गोल गर्दै उपाधि माथि कब्जा जमाएको हो ।
निकै रोमाच्क भएको प्रतियोगितामा सुरुवातदेखि नै नेपाल पत्रकार महासंघका खेलाडीहरु आक्रमक रुपमा प्रस्तुत भएका थिए । खेलको अत्यसम्मै आयोजकलाई दबाफमा राख्न सफल भएको पत्रकारको तर्फबाट भुवन लम्सालले ७ गोल, अनिल श्रेष्ठ, हरी अधिकारी र यूकेस लम्सलले १÷१ गोल गरि टिमलाई जित दिलाए । आयोजकको तर्फबाट मुकेश यादव, मिलाप कर्ण, अमन आचार्य, पंकज सापकोटा र नविन पोखरेलले गोल गरे ।
प्रतियोगिताको म्यान अफ द म्याच सर्वाधिक गोल गर्ने पत्रकारको तर्फबाट भुवन लम्साल घोषित भए । जुनियर जेसीजको वार्षिक उत्सवमा साताव्यापी कार्यक्रम गर्ने जुनियर जेसीजको अध्यक्ष सनराइज चौधरीले जानकारी दिए । उत्सवको पहिलो दिन पत्रकारसँग मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजक गरेको अध्यक्ष चौधरीको भनाई छ ।