खबर पूर्वाञ्चल
अध्यक्ष ओलीले देशव्यापी रुपमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको चुनावी गठवन्धनको औचित्य प्रष्ट्याउने क्रममा आज मोरङको सुन्दरहरैचा नगरपालिकास्थित विराटचोकमा आयोजित जिल्लास्तरीय चुनावी सभामा बोल्दै उनले सो कुरा बताएका हुन् ।
सभालाई सम्बोधन गर्दै अधयक्ष ओलीले वाम गठवन्धनको एकतालाई कसैले रोक्न नसक्ने दावी समेत गरे। उनले संविधानमा उल्लेख गरिएका हक अधिकारलाई समुचित रुपमा कार्यान्वयन गरी मुलुकको चौतर्फी समृद्धिका लागि वाम गठवन्धनको जित आवश्यक रहेको उल्लेख गरे ।
अध्यक्ष आलीले मोरङमा अव्यवस्थित अवस्थाको पूर्वाञ्चल विश्वविद्यालयको सुधारलगायतका स्थानीय विकासका सम्भावनाका विषयमा जोड दिए । सो अवसरमा नेकपा माओवादी केन्द्रका नेता एवं झापा १ का वाम गठवन्धनका प्रतिनिधिसभा उम्मेद्वार राम कार्कीले वाम गठवन्धनको सरकारले नेपाललाई समाजवादको नयाँ मोडेल दिन सक्ने वताए । साथै उनले नेपाली कांग्रेससँग अव कहिल्यै पनि राजनीतिक विश्वास गरेर नजिक नहुने समेत उल्लेख गरे।
कार्यक्रममा एमाले पोलिटव्यूरो सदस्य एवम् मोरङ ३ का वाम गठवन्धनका प्रतिनिधिसभा उम्मेदवार भानुभक्त ढकालले आफ्नो क्षेत्रमा आदिवासी सांस्कृतिक संग्रहालय निर्माण, सुकुम्वासी तथा अव्यवस्थित बसोवासको समस्या समाधान लगायतका महत्वपूर्ण काम गर्ने प्रतिवद्धता व्यक्त गरे।
सभालाई नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले पनि सम्बोधन गर्ने कार्यक्रम रहेतापनि छोरा प्रकाश दहालको निधनका कारण बिहानै काठमाण्डौ फर्किए ।
तपाईको प्रतिक्रिया