काठमाण्डौं / नेपालमा आज एकैदिन थप १७ जना कोरोना संक्रमित भेटिएका छन् । पर्साको वीरगञ्जका थप १७ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् । संक्रमितहरु २ महिनादेखि ६६ वर्षसम्म उमेर समुहका छन ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनाको रिपोर्ट पोजिटभ आएको उनले बताए ।
देशभरका ९९ जना संक्रमित मध्ये २२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । आजै कोशी कोभिड १९ उपचार केन्द्रमा उपचाररत ६ जना डिस्चार्ज भएका थिए ।
तपाईको प्रतिक्रिया