AArya
animated ellipse animated ellipse

बिर्तामोडमा गोली चल्दा एकको मृत्यु दश घाइते

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० कार्तिक २०७४, शुक्रबार १९:११
3
Shares
झापा । विर्तामोडमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । शुक्रवार विर्तामोडमा प्रहरीले चलाएको गोली लागेर अर्जुनधारा नगरपालिका ११ का राजेश थापाको मृत्यु भएको हो ।

घटनामा दश जना घाइते भएका छन् । उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ४ जनाको बिएन्डसी मेडिकल कलेजमा, ४ जनाको मेची अन्चल अस्पतालमा र २ जनाको नजिकैको नीजि अस्पतालमा उपचार भइरहेको छ ।

बिहानदेखि तनाव रहेको विर्तामोडमा स्थिति समान्य बनाउन जिल्ला प्रशासन कार्यालयले शुक्रबार दिउँसो साढे १ बजे देखि अनिश्चितकालसम्मका लागि लगाएको कर्फ्युमा अर्जुनधारा नगरपालिका ११ का नवराज (राजेश) थापाको मृत्यु भएको हो ।

झापा अर्जुनधारा तीनपैनीका ११ वर्षीय लक्ष्मण सिवाकोटी गत असोज १५ गते विर्तामोड एकमा मृत अवस्थामा भेटिए। सोही दिन आफ्ना फुपुका छोरा मनिषको बुवाले विदेशबाट पठाएको जुत्ता लिन उनी सुधिर पोखरेलको घर गएका थिए। शिवाकोटीको मृत्युबारे छानविनको माग गर्दै शुक्रबार बिर्तामोडमा विहानैबाट प्रदर्शन सुरु भएको थियो ।

बालक हत्याको बिषयमा प्रहरीले अनुसन्धानमा आलटाल गरेको भन्दै स्थानीयले सुरु गरेको आन्दोलन हिंसात्मक बन्दै गएपछि प्रहरीले कर्फ्यु लगाएको थियो । तर प्रर्दशन कारीले कफ्र्यु उल्लंघन गर्दै आगजनी र तोडफोडमा उत्रिएपछि प्रहरीले चलाएको गोली लागेर थापाको मृत्यु भएको प्रहरीले बताएको छ । प्रदर्शनमा उत्रिएकाहरुले प्रहरी चौकीमा तोडफोड तथा अगजनी गरेको प्रहरीले बताएको छ । स्थिति अनियन्त्रित भएपछि बाध्य भएर गोली चलाउनु परेको विर्तामोडका डीएसपी डीएसपी राजकुमार सिलवालले जानकारी दिएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर