पूर्वाञ्चल खबर
सम्मानित भएका तिम्सिनालाई जिल्ला समन्य समिति मोरङका प्रमुख नरेस पोखरेलले सम्मान गर्नुभएको थियो ।प्रेस चौतरी मोरङले जिल्लामा सक्रिय रुपमा पत्रकारीता गर्दै आएका सञ्चारकर्मीहरुलाई प्रत्येक वर्ष सम्मान गर्दै आएको छ । चौतरीले यस अघि जनार्दन मैनाली पत्रकारीता पुरस्कारबाट मोरङका आठ जना पत्रकारहरुलाई पुरस्कृत गरिसकेको सचिब सुदिप कोइरालाले जानकारी दिए ।
सम्मान कार्यक्रममा बोल्दै प्रेस चौतरी नेपालको उपाध्यक्ष लिलाराज भट्टराईले प्रविधिले फड्को मारेसँगै पत्रकारीतालाई आधुनिक प्रविधि अनुसार अगाडी बढाउनुपर्ने बताए । सबैको हातमा सूचना युक्त प्रविधि रहेको भन्दै उहाँले अबको पत्रकारीता मल्टिमिडिया तर्फ अगाडी बढाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेकपा एमाले मोरङका अध्यक्ष बिनोद ढकाल, वरिष्ठ पत्रकार यज्ञ शर्मा, नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष कुमोद अधिकारी, प्रेस चौतरी मोरङका अध्यक्ष रामचन्द्र अधिकारीलगायले स्वर्गीय मैनालीको पत्रकारीता क्षेत्रमा गरेको योगदानको चर्चा गर्दै सम्मानित हुनेलाई बधाई ज्ञापन गरेका थिए ।