AArya
RUMPUM
animated ellipse animated ellipse

सूचनाको अधिकार– प्रत्येक तीन महिनामा विवरण सार्वजनिकरण गर्ने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ भाद्र २०७८, मंगलवार १८:४५
423
Shares
विराटनगर / जिल्ला प्रशासन कार्यालय मोरङ समक्ष जिल्लास्थित सरकारी कार्यालय, संस्थानहरुले प्रत्येक तीन महिनामा कार्यालयको कार्य प्रगति विवरण प्रतिवेदन पेश गर्नुपर्ने निर्देशन दिइएको छ ।

कार्यालयमा आज बसेको बैठकले जिल्लास्ति सूचना अधिकारीहरुले आआफ्नो कार्यालयको प्रत्येक तीन महिनाको ४ गते विवरण प्रतिवेदन प्रशासन कार्यालय, राष्ट्रिय सूचना आयोग र हुलाक कार्यालयमा पेश गर्नुपर्ने वैठकले निर्णय गरेको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले प्रतिवेदन प्राप्त भएको सोही महिनाको १५ गते पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गर्ने बताए । उनले सूचनाको अधिकारको ऐन अनुसार आयोगको ढांचा अनुसार प्रतिवेशन पेश गर्नुपर्ने निर्देशन दिए ।

प्रजिअ निरौलाले आगामी एक सप्ताह भित्र आआफ्नो कार्यालयको विवरण प्रतिवेदन गर्न आग्रह गर्दै नभए कार्यालयका सूचना अधिकारी र प्रमुखलाई स्पष्टिकरण सोध्ने वैठकमा जानकारी दिए । उनले प्राप्त विवरण जिल्ला प्रशासन कार्यालयको वेव साइट राखिने तथा सम्पूर्ण कार्यालयहरुलाई वेव साइट निर्माण गर्न निर्देशन दिए ।

प्रजिअ निरौलाले यस आर्थिक वर्षदेखि संघसंस्थाले दर्ता वा नविकरणका समयमा सूचना अधिकारीको अनिवार्य तोक्नु पर्ने व्यवस्था गरिएको जानकारी दिए । आयोगले दिन नमिल्ने वाहेक अन्य सबै सूचना माग अनुसार उपलव्ध गराउनु पर्ने बैठकमा बताइयो ।

सूचनाको हक अधिकार कार्यान्वयनमा महत्वपूर्ण भूमिका अवलम्वन गर्न सम्पूर्ण अधिकारीलाई आग्रह छ । वैठकमा मोरङ जिल्लास्थित ४७ कार्यालयका सूचना अधिकारीकारीहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर