खबर पूर्वाञ्चल
‘ठेकेदार गौरीपार्वती/अंक/बंगलामुखी जेभीका सुदर्शन थापाले काम गर्न मलाई जिम्मेवारी दिनुभएको थियो । मैले पूरा गरे । जम्म ३२ लाखको काम गरेको मलाई २४ लाख रुपैयाँ मात्र पाएको छु,’ पत्रकार सम्मेलनमा उनले भने । सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको संघीय आयोजना कार्यन्वयन इकाई विराटनगरसँग २८ करोड ७६ लाख ४५ हजार २१४ मा निर्माण लागतमा २०७६ असार ४ गते निर्माण कम्पनिले सम्झौता गरेको थियो । कुल लागत २९ हजार ९९ लाख ७५ हजार ८९४ अनुमान गरिएको आयोजना २०७८ असार ३ गतेसम्पन्न गर्नुपर्ने समयावधी तोकिएको छ ।