खबर पूर्वाञ्चल

यस अघि मंसिर २९ गते देखि पुस ६ गते सम्म एक्स्पो आयोजना हुने जनाइएको थियो । एक्स्पोमा दैनिक जसो अवलोकन गर्नेहरूको संख्या बढ्दै गएको छ । एक्स्पोका सहभागी कम्पनीहरूले आफ्ना उत्पादनमा छुटको व्यवस्था गरेका छन् । छुट तथा विभिन्न आकर्षक अफरहरूका कारण एक्स्पो भ्रमणका लागि आउने आगन्तुक तथा उपभोक्ताहरू प्रदर्शनीमा राखिएका उत्पादनहरू खरिद गर्न उत्साहित देखिएका छन् ।
एक्स्पोमा स्टल अवलोकनका अलवा दैनिक किसिमका विभिन्न छुट्टै कार्यक्रम हुने गरेको छ । बुधबार नीतिगत सबलीकरणमा जनशक्ति विकासको विद्यमान परिवेश र लेखाजोजा, नेपालको ऊर्जा नीतिका असमञ्जसता ः औद्योगिकीकरणलाई टेवा कि कच्चा पदार्थको निर्यात ? तथा प्रदेशमा पर्यटनको उज्यालो सम्भावना शीर्षकमा कार्यपत्र प्रस्तुतिका साथै छलफल गरिने छ ।
त्यसैगरी, दैनिक साँस्कृतिक कार्यक्रमका साथै राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने छ । बुधबार विराट एक्स्पो सिगिङ आइडल प्रतियोगिताको फाइनलका साथै र्यापर डंग र गायीका इन्दिरा जोशीको प्रस्तुति रहेको छ । साँझमा हुने साँगीतिक कार्यक्रममा युवायुवतीको उल्लेखीय उपस्थिति हुने गरेको छ ।
दुहबी, निमुवा, कञ्चनबारी हुँदै एक्स्पो स्थल, पुष्पलाल चोक, तीनपैनी, मेनरोड हुँदै एस्क्पो स्थल, कटहरी, देवकोटा चोक हुँदै एक्स्पो स्थल तथा जोगबनीबाट एक्स्पो स्थलसम्म आउन जानका लागि सटल (निःशुल्क)बसको व्यवस्था गरिएको छ ।