खबर पूर्वाञ्चल
विराटनगर क्षेत्रमा चोरीको घटना बढेपछि सर्वसाधारणले असुरक्षित महशुस गर्न थालेका छन । प्रहरी प्रशासनले विशेष कडाइ गर्न नसक्दा चोरी बढेको स्थानियको आरोप छ ।
घटना दोहरिदै गए पछि नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य भीम पराजुलीले आफै घटनाका विषयमा चासो लिदै जिल्ला प्रहरी कार्यालय मोरङ पुगेर शान्तिसुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरेका छन् । जनगुनासो बढेको र चोरीका घटना बढेसंगै आफु स्वयं जिल्ला प्रहरी कार्यालयमा आएको बताए । उनले जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता दीपक श्रेष्ठसंग भेटेर चोरीका घटनाहरु नियन्त्रणका प्रयासहरु थाल्न आग्रह समेत गरे ।
पछिल्लो समय विराटनगरमा चोरीका घटनाहरु तीव्र रुपमा बढिरहेका छन् । दिनदहाडै चोरहरुले घरको ताला तोडेर नगद र सुनचाँदी चोर्न थालेका छन । यसमा कहि न कही त्रुटी छ ,पराजुलीले भने “यस विषयमा सुरक्षा निकायले चासो र जिम्मेबारपूर्वक काम गर्नु पर्छ ।,,
आइतबार विराटनगर वडा न.३ स्थित बुद्धचोकमा भगवती पोखरेलको घरमा दिउसै चोरी भएको छ । उनको घरबाट झण्डै २५ लाख बराबरको धन सम्पती चोरी भएको हो । पोखरेलले सोमबार जिल्ला प्रहरी कार्यालय मोरङमा निवेदन दर्ता गरेकी छन् । पोखरेलको घरको पछाडिको झ्यालको रड निकालेर सुन,चादी,पैसा र बहुमूल्य गरगहना चोरी गरेको पाइएको छ । बाक्लो बस्तिका बिच यो घटना भएको छ ।
यस्तै विराटनगर १ का सचिन घिमिरेको घरमा पनि हालै चोरी भएको छ । उनको घरबाट २५ तोला सुन र ३ लाख रुपैया चोरी भएको हो । विराटनगरको उत्तरी क्षेत्र सुरक्षाका दृष्टिकोणले अत्यन्तै सुरक्षित मानिदै आएको थियो । यी दुवै घटनाले सुरक्षामा चुनौति थपिदिएको छ भने ठूलो परिणाममा चोरी हुन थालेपछि स्थानियमा त्रास बढेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता दीपक श्रेष्ठले पछिल्लो केही दिन यता चोरीका घटनाहरु बृद्धि भएको स्वीकार गर्दै सकेसम्म नियन्त्रका प्रयासहरु भइरहेको बताए । उनले छिटो भन्दा छिटो चोरीमा सम्लग्नहरु पक्राउ गरिने बताए ।