खबर पूर्वाञ्चल
विराटनगरमा भएको ‘मेरो न्याय कहां छ’ विषयक जिल्ला स्तरिय कार्यक्रमको अवधारणा पत्र माथि प्रकास पार्दै ओरेक नेपाल परियोजना कार्यलयको जिल्ला संयोजक मौसम राईले महिला माथि हुने हिंसाको स्वोरुपको वारेमा प्रष्ट पार्दै महिला सवै भन्दा बढी आफनै घर परिवार र आफन्तवाट हिंसाको सिकारमा पर्ने गरेको बताइन् । ‘महिलाहरु हिंसामा पर्न वाध्य छन,’ उनले भनिन, ‘डर र त्रासको कारणले उनीहरुले आफ्नो समस्या वाहिर ल्याउन चाहेका छैनन् ।’
महिलाले न्याय पाउनको लागि पहिले आफ्नै घरवाट सघंर्ष गर्नु परेको उनले बताइन् । उनले शान्ति सुरक्षाको वातावरण निमार्ण नभएको कारणले महिलाहरु अन्याय सहेर वस्न वाध्य भएको बताइन् ।
कार्यक्रममा हिंसा प्रभावित धनपालथान गाउँपालिकाको दुर्गीदेवि मण्डलले श्रीमानले अहिलेसम्म नागरिकता नवानाईदिदा सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित हुनुपरेको बताइन् ।
‘सामाजिक सुरक्षा भत्ता पाउने उमेर भइसक्यो,’ उनले भनिन्,‘श्रीमानले नागरिकता बनाउने चासो नदिदा राज्यबाट पाउने सुविधाबाट बन्चित हुनुपरेको छ । ’ कार्यक्रममा हिंसा प्रभावित महिलाहरुले वैदेशिक रोजगारमा गएको श्रीमानहरुले फेसवुक मार्फत सम्र्पक भई विवाह गरि आउने र घर परिवार वाल वच्चालाई वास्ता नगर्ने, कुटपिट गर्ने, घर निकाला गर्ने गरेको बताए ।
कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी राम प्रसाद आचार्यले महिला माथि हुने हिंसालाई न्यनिकरण गर्न लागि परेको बताए ।
कार्यक्रमा जिल्ला प्रहरी कर्यालय मोरङका प्रहरी प्रमुख अरुण वि.सीले महिलामाथि भएको हिंसालाई समाधान गर्न प्रहरी लागि पर्ने बताए । ‘महिलामा परेको समस्या राख्न प्रहरी कार्यलयमा महिला सेल छुट्टै छ,’ उनले भने, ‘आफ्नो समस्या उक्त खेलमा आएर राख्न सक्छन् ।’
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग, जिल्ला समन्वय समिती, ईन्सेक, सानाहात, सिविन, नारी विकास लगायतका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा मोरङ जिल्लाका सरकारी कार्यलय, हिंसा प्रभावितहरुको सन्जाल लगाएत विभिन्न सघंसस्थावाट ६५ जनाको सहभागीता रहेको थियो ।