RUMPUM
animated ellipse animated ellipse

कानेपोखरी घटना संकास्पद

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ आश्विन २०७४, बिहीबार १९:१९
18
Shares
विराटनगर। दशैको चहलपहलले सबैलाई छोएको थियो । घर सिङघार्नेदेखि चाडबाडलाई आवश्यक सामाग्री जोडजाम गर्न गाउ नै जुटेको थियो । तर असोज ५ गते बिहिवार विहान घटस्थापनाको दिन गाउ नै सोक मग्न भयो । एकै परिवारका चार जनाको ज्यान जाने गरी भएको आगलागि पछि सोक मग्न भएको गाउलेले हसिलो मुहारले दशै मनाउन पाएन । कानेपोखरी–३ हरकपुरकाबासीको दशै खल्लो मात्र भएन आखै अघि चार जना जलेको दृश्यले झल्झल्ती सताइरहेको छ ।

दुई तल्ले घरमा सुती रहेका चारै जनाको मृत्यु हुनुलाई स्थानीयले सामान्य घटना मानेका छैनन् । नियोजित रुपमा घटना भएको बताउदै आएका छन् । गत असोज ५ गते बिहिवार राती दुई बजे स्थानीयले थाहा पाउदा घरको चारै तिर आगालागि भएको दृश्य देखिन्थ्यो । तर काठको घरको भुई तल्लामा रहेको पसलमा भने आगोले टिपेको थिएन् । एकै पटक चारै तिर आगो देखिनुलाई स्थानीयले नियोजित रुपमा लगाइएको दावि गरेका छन् ।
‘मैले देख्दा घर माथी माथी मात्र आगो लागेको थियो ।’ छिमेकी गोविन्दबहादुर बस्नेतले भने ‘ मैले देख्दा घर माथी जाने अवस्था नदेखेपछि गाइ बस्तु फुकाएर खेदाए ।’ चन्द्रबहादुर राईको घरमा लागो लागेको देख्ने उनी पहिलो प्रत्यक्षदर्सी हुन् । घटना भएको देखेर उनैले हल्ला गरेपछि गाउलेहरु भेला भएका थिए ।

घरको भुई तल्लास“गै जोडिएको गुहालीबाट बस्नेतले बाख्रा बस्तु र सुगुरलाई जल्नबाट जोगाएका थिए । ‘घरमाथी जान सक्ने अवस्था थिएन । आगनबाट माथी हेर्दा ढोका लागेको देखेर सबै भित्र छन भन्दै हल्ला गरे उनले भने ‘ तर हेर्दा हेर्दै आगोले खरानी बनायो ।’

आगलागि हुदा स्थानीय ५५ वर्षीय चन्द्रबहादुर राई उनकी आमा श्रीमती र बहिनीको मृत्यु भएको थियो । काठको दुईतले घरमा सुतेका चन्द्रबहादुरकी ८६ वर्षीया आमा गंगामाया राई, ४६ वर्षीया श्रीमती पार्वता राई र ४४ वर्षीया बहिनी विष्णुमाया राईको मृत्यु भएको थियो ।

चारै जनाको मृत्यु भएको घटना नियोजित रुपमा घटाइएको छिमेकी शैलेन्द्र थोक्लेन बताउछन् । ‘२० बर्ष पुरानो सेन्टर बेरा चन्द्रदाई (मृतक चन्द्रबहादुर राई) एक लाती हान्दा भत्किन सक्थ्यो ’ उनले भने ‘ घटना नियोजित भएकाले प्रहरीलाई अनुसन्धान गर्न निवेदन दिएका छौ ।’ तर प्रहरीको अनुसन्धान फितलो भएको उनको गुनासो छ ।

घरको माथिल्लो तल्लाको चारै तिर आगलागि हुनलाई स्थानीयबासीले नियोजित भएको दावि गरेका छन् । एका तर्फबाट आगो लाग्दा जल्दै जल्दै अर्काे भागमा जान्छ तर चन्द्रबहादुरको घरमा भने चारै तिर आगो लागेको स्थानीय कृष्ण बस्नेतले गुनासो गरे । घर सफा गर्ने क्रममा आलो रगत भेटिएपछि स्थानीयबासीहरु झन त्रासमा परेका छन् । ‘ जलेको ठाउ सफा गर्ने क्रममा चन्द्रबहादुर राईको सव भेटिएको स्थानमा आलो रगतपनि भेटिएको थियो ।’ स्थानीय सैलेन्द्र थोक्लेनले भने ‘ जलेको मान्छेको रगत कसरी आउछ ? ’ उनी घटना नियोजित भएकाले कसैको ज्यान बच्न नसकेको बताउछन् ।

थोक्लेन निष्पक्ष छानविनकालागि प्रहरी समक्ष गुहार माग्न पनि पुगेको बताउछन् । तर प्रहरीले बिजुली सर्ट भएको बताउदै आएको छ ।

यता मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसी घटनाको सुक्ष्म अनुसन्धनमा प्रहरी लागि परेको बताएका छन् । प्रारम्भिक रिपोर्टमा बिजुली सर्ट भएको निष्कर्षमा पुगेपनि स्थानीय बासीको गुनासो पछि अनुसन्धानलाई सुक्ष्म रुपमा अघि बढाएको उनको भनाई छ । ‘उहाहरुले केही ब्यक्तीमाथी संका गर्नु भएको छ ’ बिसीले भने ‘ किटानी जाहेरी नदिएका कारण अनुसन्धानलाई अघि बढाउन केही समस्या छ ।’

उनले किटानी नपरेकाले कसैलाई २४ घण्टा भन्दाबढि राख्न नपाउने बताउदै प्रहरीले आफ्नै तरिकाले अनुसन्धान सुरु गरेको बताए । स्थानीयले समेत गुनासो गरेपछि अनुसन्धनको दाहेरा फाराकिलो पारिएको उनको भनाई छ । अहिले नै घटना नियोजित हो भन्ने निष्कर्षमा प्रहरी नपुगेको बताउदै उनले चाडै सत्य तथ्य बाहिर आउने बताए ।
मृतक चन्द्रबहादुरका एक छोरा र एक छोरी छन् । छोरा राजकुमा र छोरी रचना काठमाण्डौ बस्दै आएका छन् । घटना हुन अघिल्लो दिन बहिनी बिष्णुमाया माइत आएकी थिइन् । छोरा छोरीको निम्तो मान्न जापान जाने तयारीमा रहेकी उनको श्रीमान स“ग राम्रो सम्बन्ध थिएन ।
आगलागि विराटनगर, इटहरी र दमकबाट गएको बरुण यन्त्रको सहयोगमा बिहान मात्र नियन्त्रणमा लिइएको थियो । आगलागि हुदा करिव एक करोड बरावरको क्षति भएको प्रहरीले बताएको छ ।

उद्घोष दैनिकको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर