खबर पूर्वाञ्चल
उनले राजनीति सुरु गर्न एमाले प्रवेश गर्ने तयारी गरेपनि उनले नेपाल प्रहरीबाट दिएको राजीनामा अझै स्वीकृत नभएको बुझिएको छ ।
आईजीपी बनाउन माग राख्दै हालेको मुद्दा हालेपछि सिलवालले डीआईजीबाट राजीनामा दिएका थिए । उनी एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर सिलवाल प्रवेश गर्न लागेका हुन् ।
यसअघि बिहीबार विहान कोजाग्रत पूणिर्माको अवसर पारेर सिलवाल अध्यक्ष ओलीको निवास बालकोट पुगेका थिए । उनले त्यहाँ ओलीको बिजयादशमीको टीका ग्रहण गरेका थिए ।
डीआइजी वरियतामा एक नम्बरमा रहे पनि चौथो वरियताका जयबहादुर चन्दलाई आईजीपी नियुक्त गरेपछि सिलवाल सर्वोच्च अदालत गएका थिए । त्यसयता उनको निरन्तर सरकारसँग संघर्ष चल्यो । अदालतले चन्दको नियुक्ति रोकेपछि सरकारले प्रकाश अर्याललाई आइजिपी नियुक्ति गर्यो ।
त्यसविरुद्ध उनी पुनः अदालत गएका थिए, जसको फैसला केही दिनअघिमात्र अदालतले गर्दैै सिलवालको रिट खारेज गरेको थियो । अदालतबाट न्याय नपाएपछि जनतामा जाने बताउँदै आएका उनले सोही दिन पदबाट राजिनामा दिएका थिए ।
तपाईको प्रतिक्रिया