animated ellipse animated ellipse

सवारी दुर्घटनामा परि मोटरसाईकल चालकको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० बैशाख २०७८, शुक्रबार २०:०५
927
Shares
विराटनगर/ मोरङको सुन्दरहरैचा नगरपालिका १० स्थित ‘खोर्साने-केराबारी सडक खण्ड’ को जंगलमा सवारी दुर्घटनामा परि मोटसाइकल चालकको मृत्यु भएको छ ।

उत्तरदेखि दक्षिण आउदै गरेको को १ ख ६५४७ नम्बरको टिफरले बिपरित दिशाबाट आएको मोटसाइकललाई ठक्कर दिदा मोसा चालक बेलबारी ९ डाँगिहाटका २६ वर्षिय सुरेशकुमार चौधरीको मृत्यु भएको हो ।

टिफरले स ३ प ६३०३ नम्बरको मोटरसाईकललाई आज ठक्कर दिएको थियो । उक्त दुर्घटनामा गम्भिर घाईते भएका मोटरसाईकल चालक चौधरीको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा दिउँसो साढे २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । मोटरसाईकल पछाडी सवार झापा धरमपुर घर भई बेलबारी ११ लक्ष्मीमार्ग का ३४ बर्षीय रुपेश अधिकारी समेत घाईते भई सोही अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । टिफर र चालक उर्लाबारी ७ बस्ने ४८ बर्षीय बिर्खबहादुर धिमाल इप्रका बेलबारीको नियन्त्रणमा रहेको छ । मोटसाइकललाई ठक्कर दिएपछि अन्यन्त्रित भएर टिफर पल्टिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर