AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

चिकित्सकको लापरवाहीले विरामी अवस्था नाजुक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ भाद्र २०७४, शनिबार १८:४१
36
Shares
विराटनगर १६ भदौ / विराटनगरमा रहेको नोबेल मेडिकल कलेजको उपचारमा लापरवाही गर्दा प्रसुती गराउन आएकी एक एक महिलाको स्वास्थ्य अवस्था दिनप्रति दिन नाजुक हुँदै गएपछि आफन्त चिन्तित बनेका छन् ।

शल्याक्रियामा संलग्न चिकित्सकको लापर्वाहीका कारण विराटनगर–१७ निवासी सन्जु साहकोको अवस्था नाजुक भएको भन्दै आफन्तजनमा आक्रोशसँगै पीडा थपिएको हो ।

गर्भवती परीक्षण गराउनका लागि विराटनगरस्थित न्यूरो अस्पतालमा एक महिना अगाडी गएकी साहलाई स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. रेनुका राठीको सल्लाह बमोजिम नोबेलमा रेफर गरिएको थियो । नोबेल मेडिकल कलेजमा भर्ना भएको २१ दिनपछि गत भदौ ७ गते शल्याक्रिया गरेर बच्चा निकालिएको थियो ।

नोबेलमा शल्याक्रिया पछि साहको स्वास्थ्य अचानक जटिल बन्दै गएर हाल कम्मरमुनीको भाग चल्न छाडेको पीडितका श्रीमान् पवनबिक्रम साहले बताए । ‘बच्चाको पनि अवस्था गम्भीर रहेको भनेर एनआईसीयूमा राखिएको छ तर त्यो भन्दा जटिल समस्या आमाको देखिदै गएको छ’ पीडित साहले भने ।

उपचारमा संलग्न चिकित्सकले भने एनेस्थेटीकको लापर्वाहीले विरामीलाई हाईडोज मेडिसिन चलेको विरामीका आफन्तलाई बताउँदै आएको साहको भनाई छ । अहिले विरामी भएर भर्ना हुनु भएकी साहको दुवै खुट्टा नचल्ने गरी सुनिएको अवस्थामा हाडजोर्नी विभागमा उपचार भईरहेको छ ।
चिकित्सकहरुले नशा र हड्डीमा एकैपटक समस्या देखिएपछि त्यसको उपचार भईरहेको भन्दै विरामीका आफन्तलाई भन्ने गरेका छन् । तर, के समस्या भएको र कसरी भएको भन्ने विषयमा भने एकले अर्को चिकित्सकलाई दोष देखाउने गरेको पीडित बनेका आफन्त बताउँछन् ।

आफ्नी श्रीमतीको गर्भमा बच्चा रहँदादेखिनै बारम्बार चिकित्सकको राय अनु्सार स्वास्थ्य परीक्षण गराउँदै आएको उनले बताए । अन्तिम महिना सामान्य पानी बग्ने समस्या देखिएपछि स्वास्थ्य परीक्षण गराउन जाँदा अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि सामान्य अवस्थाकै विरामीको शल्याक्रिया गरेर बच्चा झिकेपनि दशदिनसम्म आमा र बच्चा दुवैको अवस्था चिन्ताजनक रहेको पीडित परिवारको भनाई छ । उता पिडित महिला संजु साहले अव मलाई दवाईको साटो विष नै दिनु भन्न थालेकी छिन । नोबेलमा सुचना अधिकृत नारायण दाहालले चिकित्सकको लापरवाही नभई थप समस्या भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर