खबर पूर्वाञ्चल
कर्मचारी समाजले कोरोनाबाट बच्न र बचाउनका लागि हाम्रो सानो सहयोगका हातहरु महानगरपालिकालाई हस्तानान्तर गरेका हौ । दैनिक रोजी रोटी गर्ने मानिसहरु भोक भोकै नहुन भन्ने हाम्रो अभिप्राय हो । सबैको सहकार्यबाट मात्र सम्भव हुने हुनाले यो कामको थालनी गरेका हौ । हामीले यस्तो बिपदमा यस्ता सामाजिक खालका कामहरु गरेनौ भने भोलिका सरकारी कर्मचारी जो रिटार्यड हुन्छ उनीहरुलाई पनि मार्गदर्शन हुने हुँदां सगठितरुपमा यस्ताकामको थालनी गरेको कर्मचारी समाजका केन्द्रिय अध्यक्ष पर्शुराम नेपालले बताए ।
जागिरबाट अवकाश भएका पूर्व सरकारी कर्मचारीहरुको छाता संगठनले नगद तथा चामल, दाल, तेललगायतका दैनिक सामग्रीहरु एकद्धार प्रणालीबाट स्थानीय सरकारले वडा तहसम्म पुग्न सजिलो हुने भएकोले पनि महानगरपालिकालाई नै सानो राहतको प्याकेज उपलब्ध गराएको केन्द्रीय अध्यक्ष नेपालले बताएका छन् ।
राहतलाई सहज र पार्दिर्शता बनाउन महानगरपालिका लागि परेको हुनाले सबैबाट सहयोगको अपेक्षा गरेका छौ । तपाईहरु जस्तै अन्य महानगरबासीहरुबाट राहत एकद्धार प्रणालीबाट वितरण गर्न सके मात्र सबैको घर परिबारमा राहत पुग्न सक्ने साथै बिपन्न परिबारहरु भोकै बस्नु नपर्ने वाताबरण सृजना गर्न महानगरपालिका लागि परेको मेयर पराजुलीले बताएका छन् । हामी पनि पछि पेन्सन हुन्छौ जेष्ठनागरिक बन्नु पर्छ नै तसर्थ यो अभियान हाम्रो लागि प्रेरणा हुने यातयात कार्यालय इटहरी सुनसरीकी प्रमुख बिन्दा नेपालले बताएकी छिन् ।