AArya
animated ellipse animated ellipse

दोस्रो चरणको मतदान शान्तिपूर्ण रुपले सम्पन्न

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ मंसिर २०७४, बिहीबार १७:५७
3
Shares
विराटनगर, २१ मंसिर / प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको ४५ जिल्लामा भएको दोस्रो चरणको मतदान शान्तिपूर्ण रुपले निर्वाचन सम्पन्न भएको छ

आजै सम्पन्न भएको निर्वाचनमा ६७ प्रतिशत मत खसेको अनुमान निर्वाचन आयोगले गरेको छ ।

निर्वाचन आयोगमा आज पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सरदर ६७ प्रतिशत मत खसेको जानकारी दिए । यसअघि पहिलो चरणमा ६५ प्रतिशत मतदान भएको थियो । सबैभन्दा धेरै गुल्मीमा ७१ प्रतिशत मत खसेको छ ।

निर्वाचन अयाोगका अनुसार १ सय २८ प्रतिनिधिसभा र २ सय ५६ प्रदेशसभा सदस्यका लागि आज मतदान भएको हो ।

एक मतदान केन्द्रको मतदान स्थगित

अर्घाखाँचीको एक मतदान केन्द्रमा मतदान स्थगित भएको छ । जिल्लाको सन्धिखर्क नगरपालिका वाड नं. ५ मथुरा माविको ‘क’ र ‘ख’ मतदान केन्द्रको मतदान स्थगित भएको हो ।

मतदान अधिकृत सुरेन्द्रराज अधिकारीले हस्ताक्षर नै नगरी मतपत्र दिन थालेपछि उक्त मतदान केन्द्रमा स्थानीयले तोडफोड गरेका थिए।

तोडफोडपछि पुनः निर्वाचन सुरु हुन नसकेपछि निर्वाचन आयोगले उक्त मतदान केन्द्रको मतदान पक्रिया नै स्थगित गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर