AArya
RUMPUM
animated ellipse animated ellipse

छोरी जन्माउनेलाई तीन हजार प्रोत्साहन भत्ता !

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० फाल्गुन २०७४, बुधबार १६:२९
3
Shares
विराटनगर, ३१ फागुन / छोरीमाथि गरिने विभेद अन्त्य गर्न विराटनगर महानगरपालिकाले पहिलो सन्तान छोरी जन्माउने दम्पत्तीलाई प्रोत्साहन रकम दिन थालेको छ । पहिलो सन्तान छोरी जन्माउने आमालाई विराटनगर महानगरपालिकाले ३ हजार रुपैयाँ प्रोत्साहन रकम दिन थालेको हो ।

महानगरपालिकाको सभाहलमा आज एक कार्यक्रम आयोजना गरी पहिलो सन्तान छोरी जन्माउने १४ जनालाई प्रोत्साहन रकम वितरण गरियो । महानगरको गएको २३ साउन बसेको महानगरको नगरपरिषदले गरेको निर्णय अनुसार प्रोत्साहन रकम प्रदान गर्न थालिएको हो ।

छोरीप्रति सम्मान जनाउन यस्तो कार्यक्रम थालेको महानगरका प्रमुख भीम पराजुलीले बताए । प्रोत्साहन रकम प्राप्त गर्न महानगरमा निवेदन दिनुपर्छ । पहिलो चरणमा ३१ निवेदन परेको भएपनि १४ जना मात्र कार्यक्रममा सहभागी थिए । उनीहरुलाई महानगर प्रमुख पराजुली र उपप्रमुख इन्दिरा कार्कीले संयुक्त रुपमा सम्मान गरे ।

प्रोत्साहन रकम पाउन विवाहको उमेर कम्तिमा २० वर्ष पूरा गरेको, पहिलो सन्तान छोरी भएको, नियमित गर्भ जाँच गराएको, अस्पतालमा प्रसुति गराएको र बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता बनाएको हुनुपर्ने प्राबधान राखिएको छ । अन्य बाँकी रहेका र अब नाम दर्ता हुनेहरुलाई महानगरपालिको १९ वटै वडा कार्यालयहरुबाट प्रोत्साहन रकम वितरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर