RUMPUM
animated ellipse animated ellipse

लैंगिक हिंसा विरुद्ध प्रहरीलाई अभिमुखीकरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ जेष्ठ २०७४, मंगलवार १७:५७
3
Shares
विराटनगर, ९ जेठ/ मोरङका प्रहरीलाई महिला माथि हुने हिंसा विरुद्ध दुई दिने अभिमुखीकरण दिईएको छ ।
महिला तथा बालबालिका कार्यालय मोरङको आयोजनामा सवै इलाका प्रहरी कार्यालय र प्रहरी चौकीका प्रमुख तथा प्रतिनिधिहरुलाई लैंगिक हिंसा विरुद्ध जिल्ला स्तरिय अभिमुखीकरण दिइएको हो ।
अभिमुखीकरण समापन कार्याक्रममा प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले महिलामाथि हुने गरेका हिंसामा संवेदनशिल हुन निर्देशन दिए । उनले निर्वाचनका समयमा बालबालिकाको प्रयोग वढ्ने भएकाले विशेष ख्याल राख्न पनि निर्देशन दिए ।
महिला तथा बालबालिका कार्यालय मोरङकी प्रमुख महिला विकास अधिकृत दुर्गा भण्डारी वरालले महिला तथा बालबालिकामाथि हुने हिंसामा न्युनीकरण हुन नसकेको गुनासो गरीन् । उनले हिंसा न्युनीकणमा प्रहरीको भूमिका महत्वपूर्ण हुने बताइन् । उनले निगरानी समूह गठन गरेर महिला हिंसा विरुद्धको कार्य गर्दै आएको पनि बताइन् । अभिमुखीकरणमा करिव ४ दर्जन प्रहरीको सभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर