AArya
RUMPUM
animated ellipse animated ellipse

श्रावण महोत्सव सम्पन्न

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ श्रावण २०८०, आईतवार ११:३५
216
Shares
विराटनगर / महेश्वरी महिला मञ्च विराटनगरका आयोजनामा विराटनगरमा दुई दिने श्रावण महोत्सव सम्पन्न भएको छ ।

मञ्चले हरेक वर्षको साउन महिनामा गर्दै आएको महोत्सव साउन ५ र ६ गते विराटनगरमा सम्पन्न गरेको हो ।

महोत्सवमा भारतको कोलकाता र बनारसबाट ल्याइएका सारी र कुर्तासुरुवाल, जुत्ताचप्पल, बेकरी, कस्मेटिक सामग्री, फुड कर्नर, राजस्थानमा उत्पादित मसला, बडी, पापड, भुजिया र अन्य खाद्यसामग्री, पूजासामग्री, राखी लगायतका ३० वटा स्टल थिए ।

मञ्चका अध्यक्ष पूनम राठीले महोत्सवले महिला उद्यमीले उत्पादन गरेका सामग्रीलाई प्राथमिकता दिएको बताइन् । अध्यक्ष राठीले महोत्सवबाट महिला उद्यमीमा व्यक्तित्व, नेतृत्व र व्यावसायिकताको विकास हुने विश्वास व्यक्त गरिन् ।

राठीले महोत्सवबाट भएको आर्जन बेरोजगार महिलालाई रोजगार बनाउने गरी सीपमूलक तालिम दिन, ८ महिलालाई सीपमूलक तालिम प्रदान गर्न र अपाङ्गता भएका ६ जनालाई कृत्रिम हातखुट्टा वितरण गर्न उपयोग गरिने जानकारी दिइन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले महोत्सवको उदघाटन गरेका थिए । उद्घाटन समारोहमा अखिल भारतवर्षीय महेश्वरी महिला संगठनका पूर्वाञ्चल उपाध्यक्ष गिरिजा सारडालाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर