AArya
RUMPUM
animated ellipse animated ellipse

रेडस्टार अभिभावक दिवस सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ बैशाख २०७४, सोमबार १७:५४
3
Shares
पथरी, ११ वैशाख / मोरङको पथरीशनिश्चरे–२ मा अवस्थित रेडस्टार माविले २२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमको आयोजना गरी मनाएको छ ।
आज विद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा विद्यालयको २०७३ को गतिविधिहरुमा प्रस्तुत गरिएको थियो । वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई मेडल तथा पुरस्कार वितरण पनि गरिएको थियो । विद्यालयमा अध्ययनरत   राष्ट्रपति रनिङ शिल्ड प्रथम, पूर्व क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड प्रथम विजयी हुन सफल छात्रा खेलाडीहरूलाई मेडल र प्रमाण–पत्र प्रदान गरिएको थियो ।
 मोरङ जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयका कर्मचारी मनीकुमार बेघा, खेल शिक्षक तथा पूर्व राष्ट्रिय भलिबल खेलाडी अञ्चल धिमाल, उत्कृष्ट शिक्षिका ज्ञानी लावती र पूर्व प्रिन्सिपल कमल खरेललाई सम्मान गरियो ।
 यसैगरी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले नृत्य, गायन, हाँस्यव्यंग्य नृत्य र नाटक ‘असल अभिभावक’ प्रस्तुत गरी उपस्थीत अथिती तथा अभिभावकलाई दिन भर मनोरञ्जन दिएका थिए । विद्यालयका प्रिन्सिपल तथा निर्देशक टि.एन. तिम्सिनाले विद्यालयको आगामी कार्ययोजना प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख कुमारप्रसाद कोइराला, देवराज भण्डारी, डि.एन. तिम्सिना, प्याब्सन मोरङका वरिष्ट उपाध्यक्ष सुनिल पौडेलले पुरस्कार वितरण तथा मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर