AArya
RUMPUM
animated ellipse animated ellipse

देवानगञ्जमा युवक घाइते घटना : व्यक्तिगत रिसइबीको आशंका, दुईजना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ आश्विन २०८३, शनिबार २०:४५
3
Shares
विराटनगर /सुनसरीको देवानगञ्ज गाउँपालिका–१ का २३ वर्षीय निरजकुमार यादवमाथि व्यक्तिगत रिसइबीका कारण आक्रमण भएको हुन सक्ने प्रहरीले जनाएको छ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले देवानगञ्ज गाउँपालिका–२ का दुईजनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा व्यक्तिगत रिसइबीका कारण यादवमाथि आक्रमण भएको हुन सक्ने देखिएको हो। नियन्त्रणमा लिइएका दुवैजनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी लैजाँदै गरिएको उनले बताए।

यादवको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। उनी बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। यादवको दाहिने तिघ्रामा चोट लागेको छ। चोटको प्रकृति र अवस्था एक्सरे गरेपछि मात्रै यकिन हुने डीएसपी खड्काले बताए।

प्रहरीले नियन्त्रणमा लिइएका व्यक्तिहरूको नाम भने सार्वजनिक गरेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी खड्काले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर