animated ellipse animated ellipse

विविएस चौथो वर्षको परीक्षामा मेरिल्याण्डकी निशा राजवंशी नेपाल प्रथम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ मंसिर २०८१, सोमबार १८:२७
342
Shares
विराटनगर / विसं २०८० सालमा त्रिभुवन विश्वविद्यालयद्वारा लिएको विविएस चौथो वर्षको परीक्षामा मेरील्यान्ड कलेज विराटनगरकी छात्रा निशा राजवंशी नेपाल प्रथम भएकी छिन्।

विराटनगर ७ स्थीत मेरिल्यान्ड कलेजकी छात्रा राजवंशी नेपालमै सर्वाधिक ८६.२% अङ्क ल्याई नेपाल प्रथम भएको कलेजले दावी गरेको छ। कलेजले उक्त अङ्क त्रिवीको इतिहासमा हालसम्मकै उच्च अङ्क रहेको पनि दावी गरेको छ। त्यस्तै एलिशा पोख्रेलले ८३.४ % ल्याएकी छिन । जम्मा ९७ विद्यार्थी सामेल भएको परीक्षामा विशिष्ट श्रेणीमा १२, प्रथम श्रेणीमा ३२,दोस्रो श्रेणीमा १७ विद्यार्थी उत्तीर्ण भएका छन् ।

कुल उत्तीर्ण प्रतिशत ८१ रहेको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले बताए । यो रिजल्ट अर्को ऐतिहासिक उपलब्धि हो ढकालले बताए । हाम्रो सबल र सक्षम टिम अनि विद्यार्थीको मेहनतकै कारण यो उपलब्धि हात लागेको हो र हामी निकै उत्साहित छौँ यो रिजल्टबाट । यसअघि पनि २०७६ सालमा किंजल पोख्रेलले त्रिवी बाट टपर बनी तत्कालीन प्रधानमंत्री डा. बाबुराम भट्टराईबाट गोल्ड मेडल प्राप्त गरेका थिए ।

२०७८ सालमा सिम्रन अग्रवालले विविएस चौथो वर्षको नतिजामा ८१.२ %अङ्क ल्याई नेपाल प्रथम भएकी थिइन्। त्यस्तै २०७६ सालमा पनि विविएस चौथो वर्षमा छात्र रोहित कार्कीले ८३ % अङ्क ल्याई नेपाल प्रथम भएका थिए। २०७८ सालमा राष्ट्रिय परीक्षा बोर्डद्वारा लिएको कक्षा १२ को परीक्षामा दिया अग्रवालले नेपालकै उच्च ३.९६ जीपीए ल्याई नेपाल प्रथम भएकी थिइन्। मेरिल्याण्ड कलेजको उत्कृष्ट नतिजा आउनुमा कलेजको उत्कृष्ट शैक्षिक वातावरण भएको विविएस चौथो वर्षमा ८३.४ % ल्याउने एलिसा पोखरेल र ८०.४ % ल्याउने विनिता पौडेलले बताईन।

विद्यार्थीलाई निरन्तर खोज तथा अनुसंधानात्मक कार्यमा संलग्न गराउनु, समय(समयमा कोर्स रिलेटेड सेमिनार गराउनु, औधोगिक भ्रमण गराउनु, इन्टर्नसीप गराउनु तथा उनीहरुलाई निरन्तर बैंकिंग र सेयर संवधी तालिम विशेषज्ञबाट दिनु र रोजगारमुखी तालीम समय-समयमा दिनुले पनि यो नतिजा प्राप्त भएको कलेजका अध्यक्ष गुणराज ढुंगेल बताउनु हुन्छ। त्यस्तै निशालाई पढाउने शिक्षक ऋब् किंजल पोख्रेलले पनि उनको जेहेन्दारीको खुलेरै प्रशंसा गरे ।

निशा राजवंशी हाल मेरिल्याण्ड सीएमा क्याप वन उत्तीर्ण गरी क्याप टुमा अध्ययनरत छिन्। मेरिल्याण्ड पठन पाठन वाहेक अतिरीक्तक्रियाकलापमा पनि विद्यार्थीलाई समावेस गराई उनीहरुमा निहित क्षमता प्रस्फुटन गराउने संस्था बन्दै आएको छ । स्मरण रहोस मेरिल्याण्ड कोशी प्रदेशकै उत्कृष्ट व्यवस्थापन अध्यापन गराउने शैक्षिक संस्था मानिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर