AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको सगरमाथा स्कुलद्धारा बाढीपीडितलाई २ लाख १ हजार सहयोग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ भाद्र २०८३, मंगलवार १४:४१
3
Shares
विराटनगर / बाढीपहिरो प्रभावितहरूको राहत तथा पुनर्स्थापनाका लागि विराटनगरस्थित सगरमाथा माध्यमिक विद्यालयले २ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ । विद्यालयका शिक्षक, विद्यार्थी र कर्मचारीहरूबाट संकलित उक्त रकम सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।

भोटेकोशी नदीमा आएको बाढी तथा रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा विपद्बाट प्रभावित भएकाहरूको सहयोगार्थ विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग उपलब्ध गराएको हो ।

विद्यालयका प्रिन्सिपल त्रिलोचन गौतमले प्राकृतिक विपत्तिको कठिन घडीमा पीडित नागरिकलाई साथ दिनु निजी क्षेत्रको पनि दायित्व भएको बताए । “विपद्को समयमा निजी क्षेत्र, विभिन्न संघसंस्था र आम नागरिक एकजुट भएर प्रभावित समुदायको घाउमा मलम लगाउनु पर्छ,” उनले भने ।

विद्यालयले यसअघि पनि विभिन्न सामाजिक कार्य र दैवी विपत्तिका बेला सहयोग गर्दै आएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर