AArya
RUMPUM
animated ellipse animated ellipse

मार्टस मेमोरियलको पहिलो वर्षमै आकर्षण, ७ सय बढी विद्यार्थीलाई भव्य स्वागत र अभिमुखीकरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ जेष्ठ २०८३, आईतवार १८:१७
3
Shares
विराटनगर / विराटनगरमा यसै शैक्षिक सत्रदेखि सञ्चालनमा आएको मार्टस मेमोरियल प्लस टुले नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि भव्य अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

विराटनगरमा आज आयोजित विशेष समारोहका बीच विद्यार्थीहरूलाई स्वागत गर्दै कलेजको शैक्षिक पद्धतिका बारेमा जानकारी गराइएको हो।

यसै वर्षदेखि सञ्चालनमा आएको यस कलेजमा पहिलो वर्षमै विज्ञान, व्यवस्थापन र होटल म्यानेजमेन्ट संकायमा गरी ७३७ जना विद्यार्थी भर्ना भएका छन्।

कार्यक्रमका प्रमुख अतिथि तथा विराटनगर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख रामप्रसाद ढुङ्गेलले केवल जीपीएका आधारमा विद्यार्थीको क्षमता र भविष्यको मूल्यांकन गर्न नहुने बताए । उनले जीवनमा सफलता प्राप्त गर्न शैक्षिक उपलब्धिसँगै संस्कार, अनुशासन, नेतृत्व क्षमता र व्यवहारिक दक्षता महत्वपूर्ण हुने उल्लेख गरे ।

‘४ जीपीए ल्याउने सबै विद्यार्थी सफल हुन्छन् भन्ने छैन, सफलता व्यक्तिको दृष्टिकोण, मेहनत, आचरण र जीवन व्यवस्थापनमा निर्भर हुन्छ,’ उनले भने, ‘विद्यालय र कलेजले विद्यार्थीलाई केवल परीक्षा पास गर्ने होइन, जीवन जित्ने शिक्षा दिनुपर्छ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका प्रिन्सिपल सीएम श्रेष्ठले अभिभावक र विद्यार्थीको विश्वासलाई टुट्न नदिने प्रतिबद्धता जनाए । जुन लक्ष्य र सपना बोकेर अभिभावक तथा विद्यार्थीहरूले हामीलाई साथ दिनुभएको छ, त्यो सपना हामी पूरा गर्नेछौं,’ प्रिन्सिपल श्रेष्ठले भने, ‘मार्टस प्लस टुमा शिक्षा क्षेत्रका ३१ जना अनुभवी शैक्षिक अभियन्ताहरू आबद्ध हुनुहुन्छ, जसमा एक दर्जनभन्दा बढी विभिन्न स्कुलका प्रिन्सिपलहरू रहनुभएको छ। यति ठूलो र अनुभवी टोलीको साथ रहेकाले यहाँ अध्ययन गर्ने विद्यार्थीहरूको भविष्य सुरक्षित छ। हामी विद्यार्थीको सपना साकार पार्न दिनरात खट्न तयार छौं।’ उनले यस वर्ष एसईईमा उत्कृष्ट नतिजा हासिल गरेका ३२ जना विद्यालय टपरहरू समेत मार्टस मेमोरियल प्लस टुमा भर्ना भएको जानकारी दिए ।

कार्यक्रममा कलेजका संस्थापक अर्जुन श्रेष्ठले मार्टस मेमोरियलले विद्यार्थीहरूलाई केवल किताबी ज्ञान मात्र नभई सीप, संस्कार र प्रविधियुक्त शिक्षा दिएर प्रतिस्पर्धी बनाउने बताए ।

समारोहमा शुभकामना मन्तव्य राख्दै प्याब्सन कोशी प्रदेशका कोषाध्यक्ष प्रेमलाल सिंह सुवाल, प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेत र वरिष्ठ उपाध्यक्ष मोहन बुढाथोकी लगायतले कलेजको सफलताको कामना गरे ।

विष्णु डंगोलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन संस्थापक इन्द्र कुमार राईले गरेका थिए । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न नृत्य र गायन प्रस्तुत गरी दिनभर रौनक थपेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर