खबर पूर्वाञ्चल
मंगलबार सम्पन्न निर्वाचनको मत परिणाम अनुसार माध्यामिक तहमा १६७ मतका साथ सेढाई निर्वाचित भए भने । उनका निकटतम् प्रतिष्पर्धि कक्षा ९ का चुणामणी भट्टले ९९ मत प्राप्त गरे। उक्त पदमा चार जनाको उम्मेदवारी थियो ।
कक्षा १० का समिप खनाल र कक्षा १० कै जेसिस गेलाल समेत उम्मेदवार भएका थिए। उनीहरुले क्रमश ७० र ११ मत प्राप्त गरे यस्तै माध्यामिक तहको डेपुटी प्रिफेक्टमा कक्षा १० की मनस्वी कोइराला १७९ मतले विजयी हुँदा उनकी निकटतम् प्रतिष्पर्धी कक्षा १० कै चारुना रौनियारले ७० मत प्राप्त गरिन्।
यस्तै अन्य प्रतिष्पर्धि कक्षा १० की अन्मेशा श्रेष्ठले ७० र कक्षा ९ की एकता कुशवाहले १४ मत प्राप्त गरिन्। दुवै पदका लागि चार–चार जनाको उम्मेदवारी परेको थियो । माध्यमिक तहमा ४ सय जना मतदाता रहेकोमा ३ सय ५५ जनाले मतदान गरेका थिए । जसमध्ये ९ जनाको मतपत्र बदर भएको थियो भने ५ जनाले मतपत्रमा भोट नलगाएको प्रमुख निर्वाचन आयुक्त भाईस प्रिन्सिपल टीएन भण्डारीले बताए।
यस्तै प्राथमिक तहको प्रिफेक्टमा कक्षा ८ का शिवम् पघैयाले ३ सय ५२ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिष्पर्धि कक्षा–७ का क्रियंश लाभले ६२ मत र कक्षा ७ कै मयङ्क झाले ५० मत ल्याए। आधारभूत तहकै डेपुटी प्रिफेक्टमा भने कक्षा ८ की सृष्टि रिजाल निर्विरोध निर्वाचित भएकी एभरेष्ट स्कुलकी अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा ढङ्गोलले बताइन्।
आधारभूत तहमा भने कक्षा ६ देखि ८ का विद्यार्थीले मात्र मतदान गरेका थिए । ति कक्षाबाट मात्र ३ सय ५५ मत खसेको थियो । जसमा ९ मत बदर हुँदा ५ जनाले मतपत्रमा भोट नगरेको आधारभूत तहका प्रमुख निर्वाचन आयुक्त कुन्दन पुरीले बताए।
एभरेष्टले विद्यार्थीहरुलाई लोकतान्त्रिक पद्दत्ति कस्तो हुन्छ भन्ने सिकाउँदै यहाँका जनप्रतिनिति चयन र उनीहरुको उत्तरदायित्व बोध गराउन मतदान प्रकृया अवलम्बन गरिएको विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले बताए। यस्तै नव निर्वाचित प्रिफेक्ट सेढाईंले यो निर्वाचन प्रकृयाले आफूहरुलाई धैरै ज्ञान दिएको र नेतृत्व विकास समेत गराएको बताए। यस्तै अर्की डेपुटी प्रिफेक्टकी उम्मेदवार अन्मेशाले समेत नेतृत्व विकासको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन्।