AArya
RUMPUM
animated ellipse animated ellipse

बालेन सरकारले बढायो डिजल र मट्टीतेलमा ३० रुपियाँ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ बैशाख २०८३, बिहीबार ०८:३२
54
Shares
विराटनगर/बालेन सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमले बुधबार मध्यरातिदेखि लागू हुनेगरी डिजल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्य वृद्धि गरेको हो ।

नयाँ मूल्यसूची अनुसार डिजल र मट्टीतेलमा प्रतिलिटर ३० रुपियाँ र हवाई इन्धमा प्रतिलिटर पाँच रुपियाँले वृद्धि गरिएको छ । नयाँ निर्धारित मूल्यअनुसार, डिजल र मट्टीतेलको प्रतिलिटर दुईसय ३७ पुगेको छ । हवाई इन्धनको मूल्य प्रतिलिटर दुईसय ५६ रुपियाँ पुगेको छ । यो मूल्यवृद्धिसँगै नेपालमा पेट्रोल भन्दा डिजेल र मट्टितेल महंगो भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको र इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूचीअनुसार हिसाब गर्दा अझै अत्यधिक घाटा रहेको निगमको दाबी छ । लागत मूल्य बढी र बिक्री मूल्य कम भएकाले मूल्य समायोजन गर्दा समेत पेट्रोलमा प्रतिलिटर दुई रुपियाँ ३२ पैसा, डिजलमा प्रतिलिटर ८७ रुपियाँ ९९ पैसा, मट्टीतेलमा ३६ रुपियाँ ७० पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर तीनसय ३१ रुपियाँ २५ पैसा घाटा रहेको निगमले जनाएको छ ।

पाक्षिक रूपमा करिब सात अर्ब ८१ करोड ६१ लाख रुपियाँ बराबरको घाटा रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर