पूर्वाञ्चल खबर

टस हारेर ब्याटिङको गरेको रेट स्टारले निर्धारित २० ओभरको खेलमा १९ दशमलव ३ बलमा सवै विकेट गुमाई १ सय ३२ रनको योगफल तयार पारेको थियो । रेड स्टारकालागि विवेक कार्कीले सर्वाधिक २७ रनको योगदान दिए । सेन्टजोसेफका हरिबहादुर तम्सिनाले सर्वाधिक ३ विकेट लिए ।
जवाफमा १ सय ३३ रनको लक्ष्य पाएको सेन्टजोसेफले १२ ओभरमा सवै विकेट ३३ रनमा सिमित भयो । सेन्टजोसेफले अतिरिक्त १९ रन बनाउनुबाहेक कुनै पनि ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । रेडस्टारमा प्लेयर अफ द म्याच विवेक कार्कीले ४ विकेट लिए ।
दोस्रो खेलमा कोवास कलेजले नेशनल एकेडेमिलाई ५ विकेटले पराजित गरि क्वाटरफाइनलमा प्रवेश गरेको । टस हारेर ब्याटिङको गरेको नेशनल कलेजले निर्धारित २० ओभरको खेलमा १८ ओभरमा सवै विकेट गुमाई १ सय ५ रनको योगफल तयार पारेको थियो ।नेशनलका भरत साहले सर्वाधिक २० रनको योगदान दिए । कोवासका लालु यादवले ३ विकेट लिँदा महमद समिरले पनि ३ विकेट लिए ।
जवाफमा १ सय ६ रनको लक्ष्य पाएको कोवासले १४ दशमलव ४ बलमा ५ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । कोबासका प्लेयर अफ द म्याच लालु यादवले सर्वाधिक ३९ रनको योगदान दिए । नेशनलका अमन कामतले ४ विकेट लिए ।
फुटबल

दोस्रो खेलमा होली चायल्ड कलेजले विकेभिएम कलेजलाई ३–० को गोल अन्तरले पारजित गरेको छ । होली चायल्डको जितमा प्लेयर अफ द म्याच शिव राईले २ गोल र जेनिस धिमालले १ गोल गरे ।
तेस्रो खेलमा कोशी मोडेल कलेजले नेशनल एकेडेमिलाई ५–२ को गोल अन्तरले पारजित गरेको छ । कोशी मोडेलको जितमा प्लेयर अफ द म्याच करण चौधरीले २ गोल तथा आर्यन भण्डारी, विवेक उराँव र अविशेक चौधरीले १–१ गोल गरे ।
वास्केट बल
वास्केट बल अन्तरगत भएको खेलमा शिक्षादिप कलेज, अरनिको कलेज, विकेभिएम कलेज विजयी भएका छन् ।
पहिलो खेलमा अरनिको कलेजले कोवास कलेजलाई ६०–११ को स्कारले पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच अरनिकोका प्रनव चौलागाई घोषित भए ।
दोस्रो खेलमा विकेभिएम कलेजले शिक्षादिप कलेजलाई ३५–२७ को स्कारेले पराजित गरेको छ । खेलक प्लेयर अफ द म्याच विकेभिएमका सन्तोष साह घोषित भए ।
तेस्रो शिक्षादिप कलेजले अरनिको कलेजलाई ५६–३० को स्कोरले पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच शिक्षिादिपका अन्दिप अर्जेल घोषित भए ।
चौथो खेलमा विकेभिएम कलेजले कोवास कलेजलाई ५१–१५ को स्कोरले पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच विकेभिएमका निशल कार्की घोषित भए । वास्केटलमा ४ वटा कलेजले मात्र सहभागि भएका कारण लिगको आधारमा खेलाइएको छ । लिगमा टम टुमा पर्नै टिमले फाइनल खेल्ने छन् ।