AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विद्यार्थीको मनोबल उच्च बनाउने उद्देश्यसहित एसईई बुस्ट-अप सेमिनार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ माघ २०८२, आईतवार १८:५४
576
Shares
विराटनगर/माध्यमिक शिक्षा परीक्षा (एसईई) को अन्तिम तयारीमा रहेका विद्यार्थीहरूलाई लक्षित गरी विराटनगरमा आयोजित ‘इन्टेन्सिभ बुस्ट-अप सेमिनार २०८२’ भव्य रूपमा सम्पन्न भएको छ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) महानगर कार्यसमिति विराटनगरको आयोजनामा उक्त सेमिनार विराटनगरमा छुट्टाछुट्टै स्थान सञ्चालन गरिएको थियो।

एउटा सार्यक्रममा प्याब्सनका केन्द्रीय पूर्व अध्यक्ष टिकाराम पुरी प्रमुख अतिथिका रहेका थिए भने  अर्को कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ मोरङका प्रमुख शालीग्राम दाहाल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि टिकाराम पुरीले एसईई केवल पाठ्यपुस्तकको परीक्षा मात्र नभई मानसिक तयारी, आत्मविश्वास र सही रणनीतिको परीक्षा पनि भएको उल्लेख गरे। उनले भने,
“धेरै विद्यार्थीहरूमा आवश्यक ज्ञान हुँदाहुँदै पनि डर र गलत परीक्षा रणनीतिका कारण अपेक्षित नतिजा आउन सक्दैन। यस्ता सेमिनारले विद्यार्थीहरूमा आत्मविश्वास बढाउन महत्त्वपूर्ण भूमिका खेल्छ।”

त्यसैगरी अर्का प्रमुख अतिथि शालीग्राम दाहालले विद्यार्थीहरूलाई उत्प्रेरित गर्दै सबै विषयलाई समान महत्व दिएर योजनाबद्ध रूपमा अध्ययन गरेमा मात्र उत्कृष्ट नतिजा हासिल गर्न सकिने कुरामा जोड दिए।

गणित र विज्ञान विषयमा विशेष रूपमा केन्द्रित उक्त सेमिनारमा विराटनगर महानगर क्षेत्रका ४२ संस्थागत विद्यालयका एक हजार दुई सयभन्दा बढी परीक्षार्थी विद्यार्थीहरूको सहभागिता रहेको थियो। सेमिनारमा गणित विज्ञ तथा पाठ्यपुस्तक लेखक हुकुमप्रसाद दाहाल र पाठ्यक्रम विकास केन्द्रका विज्ञान विज्ञ तथा पाठ्यपुस्तक लेखक डा. चिन्तामणि पन्थीले उत्तर लेखन शैली, समय व्यवस्थापन तथा प्रश्न विश्लेषणसम्बन्धी परीक्षामैत्री रणनीतिहरूका बारेमा प्रशिक्षण दिए।

प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

आयोजकका अनुसार यो सेमिनार केवल सिकाउने कार्यक्रम मात्र नभई विद्यार्थीहरूको मनोबल उच्च बनाउने विशेष अभियान हो।

एसईईको संघारमा आयोजना गरिएको यस कार्यक्रमले विद्यार्थीहरूमा नयाँ उत्साह र आत्मविश्वास थपेको प्याब्सन विराटनगरका उपाध्यक्ष तथा तालिम संयोजक अशोक लामाले जानकारी दिए । यसैबीच, विद्यालय तथा विद्यार्थीहरूको आवश्यकताअनुसार आगामी दिनमा सामाजिक अध्ययन र नेपाली विषयका सेमिनारसमेत आयोजना गरिने प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर