AArya
RUMPUM
animated ellipse animated ellipse

मोरङको रंगेलीमा ठूलो परिमाणमा गाँजा बरामद

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ मंसिर २०८२, बिहीबार ०९:४७
72
Shares
विराटनगर / मोरङको रंगेलीबाट प्रहरीले बुधबार राति ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । ९ सय किलो भन्दा बढी गाँजा बरामद गरिएको हो ।

रंगेली नगरपालिका–८ स्थित विद्युत कार्यालयबाट करिब २ सय मिटर पश्चिममा रहेको सुरेशमान श्रेष्ठको खेतबाट गाँजा बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले बताए । खेतको बीचमा डुम्रीको रुखमुनि परालले छोपेर लुकाइछिपाइ राखिएको गाँजा इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले राति ९ बजेतिर बरामद गरेको हो ।

खेतको बीचमा गाँजा लुकाइछिपाइ राखिएको छ भन्ने विशेष सूचनाका आधारमा प्रहरीले ‘सर्च’ अभियान चलाएको थियो । खोजतलास गर्ने क्रममा २९ वटा बोराभित्र ‘प्याक’ गरी परालले छोपेर राखेको अवस्थामा गाँजा फेला परेको डीएसपी चौधरीले बताए ।

डिजिटल तराजुमा तौल गर्दा गाँजा ९ सय २१ किलो ६६ ग्राम भएको छ । बरामद भएको ठूलो परिमाणको गाँजा इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर प्रहरी निरिक्षक बोगटी नेतृत्वको टोलीले थप अनुसन्धान अघि बढाएको छ । उक्त गाँजा कसले ल्याएर राखेको हो भन्ने यकिन भइसकेको छैन ।

गाँजाको कारोबार र ओसारपसारमा संलग्नको पहिचान एवं खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । धनकुटालगायत पूर्वी पहाडी जिल्लामा उत्पादन हुने गाँजा सुरक्षाकर्मीको आँखा छलेर भारततिर लैजानलाई खेतमा भण्डारण गरिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर