पूर्वाञ्चल खबर
बौद्धिक व्यक्तित्वका रुपमा चिनिएकी पोखरेलको उम्मेदवारीलाई लिएर धेरैले चासो राखेका छन्। झापा जिल्लामा जन्मिएकी उनी विगत २०६० सालदेखि विराटनगरमा स्थायी बसोबास गर्दै आएकी छिन् । विद्यालय अध्ययनकै क्रममा अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेकी मैनाली हाल अनेमसंघ महानगर कमिटीकी सचिव हुन् ।
एमाले महानगर कमिटीकी निवर्तमान सचिवालय सदस्य समेत रहेकी उनीले एमाले १२ नम्बर वडाको लामो समयसम्म सचिव भई कार्य गरेकी हुन् । वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेकी पोखरेल विगत लामो समयदेखि पूर्वकै सबैभन्दा ठूलो र ऐतिहासिक क्याम्पस महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा मास्टर्स लेबलका विद्यार्थीहरुलाई अध्यापन गराउछिन् ।
एमाले भित्र एउटा बौद्धिक महिलाको रुपमा आफूलाई स्थापित गराउन सफल भएकी उनी आफूलाई प्रतिनिधिहरुले लोकप्रिय मतका साथ विजयी गराउने कुरामा विश्वस्त रहेकी छिन् । उनीले भनिन् मैले लामो समयदेखि महानगरभित्र पार्टीको विभिन्न जिम्मेवारीमा रहेर राजनीतिक नेतृत्व गर्दै आएकी छु प्रतिनिधिहरुले यसको मूल्यांकन अवश्य गर्नु हुनेछ ।