खबर पूर्वाञ्चल
आज ग्याल्पो ल्होसारको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायको यो पर्वले आपसी सद्भाव भाइचारा र एकताको भावना वृद्धि गर्दै नेपाली समाजलाई समृद्धिको बाटोमा अघि बढ्न प्रेरणा मिल्ने बताए। उनले नेपाल बहुजाती बहुभाषी र बहुसांस्कृतिक मुलुक भएको चर्चा गर्दै यो विशेषताले नेपालीलाई सदियौंदेखि एक आपसमा सहकार्य समन्वय र बन्धुत्वको मार्गमा हिँड्न सहयोग पुर्याएको बताए।
यो पर्वले नेपाली बीचको एकता र मित्रताको भावना थप प्रगाड बनाउँदै सामाजिक तथा आर्थिक विकासमा योगदान पुग्ने मुख्यमन्त्री कार्कीले विश्वास व्यक्त गरे। फागुन शुक्लपक्ष प्रतिपदा का दिन मनाइने यो पर्व हाम्रो समृद्ध सांस्कृतिक विविधता र पहिचानको सुन्दर प्रतिक भएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले शुभकामना सन्देशमा सबैलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरे।