AArya
RUMPUM
animated ellipse animated ellipse

विचारहरुको मन्थन गर्न विराटनगरमा कोशी उत्सव

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ फाल्गुन २०८१, बुधबार १६:२७
324
Shares
विराटनगर / कोशी प्रदेशको ऐतिहासिक महत्त्व र समकालीन आवश्यकता सम्बोधन गर्दै, कोशी विचार उत्सवको तयारी पुरा भएको छ ।

विना फाउण्डेशनको आयोजनामा विराटनगरमा फागुन १५, १६ र १७ गते उत्सव हुन लागेको हो । आयोजकले आज आयोजना गरेको पत्रकार सम्मेलनमा फाउण्डेशनका संस्थापक बरुण झाले क्षेत्रीय, राष्ट्रिय र वैश्विक महत्त्वका मुद्दाहरूमा खुला संवाद र सहकार्य प्रवर्द्धन गर्न यो उत्सवको आयोजना गरिएको बताए । यसमा केन्द्रीय र प्रदेश स्तरीय राजनीतिक नेतृत्व तथा विज्ञको प्रस्तुति र सहभागिता रहने बताए ।

कांग्रेस नेता डा. शेखर कोइराला, कोशीका मुख्यमन्त्री हिक्मत कार्की, प्रतिनिधि सभाका सांसद प्रदीप ज्ञवाली,योगेश भट्टराई, सांसद मनिष झा, सुनिता वराल, शिशिर खनाल, निशा डांगी, भगवती चौधरी, ज्ञानेन्द्र शाहीलगायत सहभागी हुंदैछन ।

राष्ट्रिय स्तरका विभिन्न विधाका विज्ञ सम्मिलित छलफल हुने झाले बताए । प्यानल छलफलमा नेपालका चर्चित पत्रकारहरुले सहजीकरण गर्ने बताइएको छ । टिकाराम यात्री, ऋषि धमला, जीवराम भण्डारीलगायत विषयगत विज्ञले छलफललाई सहजीकरण गर्नेछन् ।

झाले भने,ूनीति, संस्कृति, व्यवसाय व्यवस्थापन, शिक्षा, स्वास्थ्य, र वातावरणजस्ता विषयमा केन्द्रित मञ्चले विचारहरूको आदान प्रदान र सामूहिक समाधानलाई प्राथमिकता दिनेछ। कोशी प्रदेशमा आयोजित विचार उत्सवको पत्रकार सम्मेलनमा विभिन्न क्षेत्रका विद्वान्, बुद्धिजीवी र कलाकारहरूले सांस्कृतिक र सामाजिक विकासका लागि महत्वपूर्ण छलफल हुने उनले सुनाए ।‌

विचार उत्सवले क्षेत्रीय संवादको दिगो मञ्चको स्थापना गर्दै सामाजिक, सांस्कृतिक, र आर्थिक विकासमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ । प्राकृतिक र सांस्कृतिक सम्पदाले समृद्ध कोशी प्रदेशले यो उत्सवका लागि विशिष्ट पृष्ठभूमि प्रदान गर्ने संस्थापक झाको भनाइ छ । स्थानीय हिमालय रोडमा खुलाशत्रका रुपमा गरिने उत्सवमा नेपालका चर्चित कलाकारको दैनिक सांस्कृतिक तथा सांगीतिक प्रस्तुतिसमेत रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर