RUMPUM
animated ellipse animated ellipse

म्यादी प्रहरीमा भर्ना हुन गएका तुलसी राजवंशीको दौडने क्रममा मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ चैत्र २०७३, सोमबार २०:२९
3
Shares
बिराटनगर, २१ चैत्र / म्यादी प्रहरीमा भर्ना हुनको लागि गएका बेला दौडने क्रममा मृत्यु भएका बिराटनगर १६ का तुलसी राजवंशीको परिवार अहिले शोकमा छ ।
परिवारमा रहेका ४ जना दाजुभाई मध्ये बुबाको हेरचाह गर्दै आएका राजवंशीको मृत्युले परिवारमा शुन्यता छाएको हो । साबिकको बिराटनगर १६ का तुलसी राजवंशीको भर्नाका लागि दौडदै गर्दा मृत्यु भएको थियो ।
म्यादी प्रहरीमा भर्ना भएर परिवारलाई केही आर्थिक सहयोग गरौला भनेर म्यादीमा भर्ना हुन गएका राजवंशीको मृत्यु भएपछि अहिले परिवार शोकमा छ ।
पत्रिका बाँड्ने, किराना पसलमा काम गर्ने लगायतका बिभिन्न काम गर्दै आएका तुलसी शनीवार बिहानै घरबाट घर परिवार चलाउनको लागि केही रकमको जोहो गरौला भनी म्यादी पुलिसमा भर्ना भएर जागिर खाउँला भनेर हिँडेका थिए ।
राजवंशी परिवार आर्थिक अबस्थामा कमजोर परिवार हो । यो परिवारको आफ्नो जग्गा जमिन समेत छैन । सार्बजनिक जग्गामा सानो घर रहेको र त्यही घरमा गुजारा चलाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर