पूर्वाञ्चल खबर

कार्यक्रममा प्याब्सन विराटनगरका अध्यक्ष श्रेष्ठ अर्जुन श्रेष्ठ, हिसान मोरङका सचिव भुवन नेपाल, स्टेशनरी व्यवसायी संघ मोरङ अध्यक्ष सुशील घिमिरे , स्कुलकी एकाडेमी इन्चार्ज मीरा राईलगायतले बोलेका थिए ।
विद्यालयका प्रिन्सिपल खड्गबहादुर राईले बालसंसारका विद्यार्थी शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहेको बताए। विद्यालयले अन्तरविद्यालय प्रतियोगितामा प्रतिष्पर्धी भएर विजेता बन्दै आएको उन बताए। विद्यार्थीलाई कितावी ज्ञानसँगै अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण लगायतका कामहरु विद्यालयले गर्दै आएको बताए ।
विराटनगर हाटखोला स्थित आरोहण गुरुकुलमा आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत कक्षा पिजीदेखि ५ सम्मका विद्यार्थीले नृत्य, गायन, बाध्यबाधन, विभिन्न खेल कौशलहरु प्रदर्शन गरेका थिए ।