animated ellipse animated ellipse

लुटपाट गर्ने चार पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ श्रावण २०७७, बिहीबार २१:०३
3
Shares
विराटनगर / लुटपाटमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । साँझको समयमा विराटनगरमा लुटपाट गर्दै हिडने समूहलाई मोरङ प्रहरीले आज पक्राउ गरेको हो ।

प्रहरीले बिराटनगर ५ का १९ वर्षिय सुरज उराँव, सोही ठाउँका १९वर्षिय राकेश सतार, २१ वर्षिय अजय सतार र २२ वर्षिय अनिल उराँवलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । सो समूहले गत वैशाख ११ गते साँझको .साढे ७ बजे विराटनगर ५ मा दिपेन्द्र विश्वासको १ हजार ५ सय र मोवाइल लटपाट गरेका थिए । विश्वासले आफ्नो साथीसँग स्कुटीमा जाँदै गर्दा चार जनाको समूहले मुखमा रूमाल बाँधी पहिचान लुकाई लुटपाट गरेका प्रहरीले जनाएको छ ।

पक्राउ परेका अभियुक्तहरूलाई आजै अदालतमा म्यात थप गरि अनुसन्धान सुरू गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर