पूर्वाञ्चल खबर


१९ वडा रहेको विराटनगर महानगरपालिकामा तीन चरणमा हेर्ने गरी ठेक्का लगाएको छ । उत्तरी क्षेत्र विराटनगर १ देखि ५ र १९ नम्बर वडा भित्रको फोहोर उठाउने ठेक्का नेपाल फुलबारी संस्थाले लिएको छ । यसैगरी ६ देखि ११ नम्बर वडासम्मको ठेक्का शान्तिको लागि बातवरण नामका संस्थाले लिएको छ भने दक्षिण क्षेत्र ११ देखि १८ नम्बर वडासम्मको ठेक्का सगरमाथा मल्टीपल सभिर्स प्रालिले लिएको छ ।
फोहोर उठाए बापतको उनीहरुले महानगरपालिकाबाट मासिक शुल्क र ग्राहक बनाएर पनि शुल्क उठाउने गरेको छ । फुलबारीले मासिक ९० हजार, स्वास्थ्य र शान्तिको लागि बातवरणले १ रुपैयाँ र सगरमाथा मल्टीपल सभिर्सले मासिक तीन लाख रुपैयाँ विराटनगर महानगरपालिकाबाट लाने गरेको छ । यस बाहेक उनीहरुले मासिक घरदैलो गरेर ग्राहक बनाएर पनि शुल्क लिने गरेका छन् । यसरी मासिक शुल्क उठाएर लगे पनि समयमै काम नगर्ने ठेकेदारलाई कारबाही गर्न नसकेका कारण एक हप्तादेखि फोहोर व्यवस्थापनमा अवरोध सिर्जना भएको छ ।
यता विराटनगर महानगरपालिकाको अनुगमन कर्ता किरण न्यौपानेले ठेकेदारलाई भनेर तत्काल उठाउन लगाइहाल्ने बताए । ‘मलाई पनि जानकारी आएको थिएन । कुन ठेकेदारको पर्ने रहेछ । हेरेर तत्काल उठाउन लगाइहाल्छु,’ उनले भने ।