ओलम्पिक डेमा पौडी प्रतियोगिता

खबर पूर्वाञ्चल, २८ जेष्ठ २०७९, शनिबार १७:५६
180
Shares
विराटनगर / पौडी संघ मोरङले ओलम्पिक डे २०२२ को अवसर पारेर खुल्ला पौडी प्रतियोगिता आयोजना गरेको छ । विराटनगरस्थित एमभरेष्ट कलेजको स्वीमिङ पुलमा आज खुल्ला पौडी प्रतियोगिता आयोजना गरेको हो ।

पुरुषतर्फ दुई सय मिटिर पौडी प्रतियोगिताको प्रथम आरेक बस्नेत, द्धितीय अब्जन मल्लिक र तृतीय सार्थक श्रेष्ठ घोषित भए । यस्तै पुरुषतर्फ एक सय मिटर पौडी प्रतियोगिताको प्रथम आयुष लामा, द्धितीय सुरेश राजवंशी र तृतीय अनुज गुरुङ भए ।

यसैगरि पचास मिटर पौडी प्रतियोगिताको प्रथम आयुष लामा, द्धितीय कृतिक कार्की र तृतीय शुभाञ्जल प्रसाई भइन् । यस्तै २५ मिटर पौडी प्रतियोगिताको प्रथम अभियान बुढाथोकी, द्धितीय क्षितीज चौधरी र हितेश राय घोषित भए ।

यसैगरि महिलातर्फ भएको ५० मिटर पौडी प्रतियोगिताको प्रथम युडेन लामा, द्धितीय सिरिय प्रसाइ र तृतीय दिया सिग्देल घोषित भइन् । प्रतियोगिताको उदयमान खेलाडी जिपशन लामा घोषित भएका छन् ।

प्रतियोगितामा महिला र पुरुष गरि ५० जना पौडी खेलाडीहरुको सहभागिता रहेको प्रशिक्षक इन्द्र राजभण्डारीले जानकारी दिए ।
विजयी हुने खेलाडीहरूलाई नेकपा एमालेका केन्द्रीय सदस्य विनोद ढकाल, पौडीका प्रशिक्षक इन्द्र राजभण्डारीलगायलते पुरस्कार तथा ट्रफि वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५