विराटनगर/ विराटनगर – ०९ मा रहेको भानु कलेजले कक्षा १२ का २ सय ५० जना विद्यार्थीहरुलाई शुक्रबार विराटनगरमा एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ ।
कलेजमा अध्यनरत विज्ञान तथा व्यवस्थान संकायका १७ औं ब्याचको विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी कलेजले बिदाई गरेको हो ।
कार्यक्रममा कलेजको लिएको आन्तरीक, हिसान परीक्षामा उत्कृट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । कार्यक्रममा विद्यार्थीले नाचगान गरि उपस्थित अतिथिलाई मनोरञ्जन प्रदान गरेका थिए ।
विदाई हुुन लागेका विद्याथी पुजा चौधरी र विमन्ता राई कलेजमा वितेका अनुभव सुनाएका थिए ।
तपाईको प्रतिक्रिया