विराटनगर, ५ चैत / खोटाङ सामाजिक सेवा मञ्च विराटनगरको अधिवेशनले सर्वसहमति रुपमा नयाँ नेतृत्व चयन गरेको छ ।
विराटनगरस्थित दाहाल प्रतिष्ठानमा भएको चौथौ अधिवेशनले कृष्णप्रसाद भण्डारी ‘मार्सेली’को अध्यक्षमा नयाँ नेतृत्व छनौट गरेको हो । यसैगरी वरिष्ठ उपाध्यक्षमा भोजराज श्रेष्ठ, उपाध्यक्षमा राधा पोखरेल, सचिवमा घनश्याम पोखरेल, सहसचिवमा स्वर्णकान्त दाहाल र कोषाध्यक्षमा कुलप्रसाद पौडेल चयन भएका छन् ।
यस्तै मोदराज खतिवडा, लिला रिजाल, पुष्पबहादुर कार्की, चन्द्रमणि पोखरेल, केदार खडका, राजन घिमिरे, पदमराज पौडेल, हरिप्रसाद घिमिरे, मोहनप्रसाद दाहाल, श्याम पोखरेल, यादवप्रसाद पोखरेललाई अधिवेशनले सदस्यमा चयन भएका छन् ।
नयाँ कार्यसमतिको कार्यकाल ३ वर्षको रहनेछ । उच्च अदालत विराटनगरका न्यायाधीश कुमार पोखरेलले अधिवेशनको उद्घाटन गरेका थिए ।