RUMPUM
animated ellipse animated ellipse

सासु–बुहारीको हत्या थप रहस्यमय बन्दै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ चैत्र २०७३, शनिबार २०:३९
3
Shares
विराटनगर, ५ चैत / शुक्रबार साँझ मोरङको कटहरीस्थित आफ्नै घरमा मृत भेटिएका सासु–बुहारीको हत्या थप रहस्यमय बन्दै गएको छ ।
कटहरी १ आदर्शनगरस्थित आफ्नै घरमा रक्ताम्य अवस्थामा मृत भेटिएका ४५ बर्षिय दिपा निरौला९डाँगा० र २२ बर्षिय अस्मिता भट्टराई९डागा०को शवको छेउमा गोलीको तीन वटा खोका भेटिएको समाचार श्रोतले जनाएको छ । लुटपाटको उद्धेश्यले मृतकद्वयको हत्या भएको हुनसक्ने अनुमान गरिएको भएतापनि घटना भएकै घरबाट २ लाख बढी रकम समेत भेटिएको श्रोतले जनाएको छ ।
शवको छेउमा गोलीको खोका भेटिनु र २ लाख बढी रकम घरमै भेटिनुले घटना थप रहस्यमय बनेको हो । यता सो बिषयमा प्रतिक्रिया दिदैै मोरङ प्रहरी प्रमुख एसपी सन्दिप भण्डारीले मृतकद्वयको शव पोष्टमार्टमकालागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जानकारी दिए । उनले प्रहरीले गम्भीरतापुर्वक घटनाको अनुसन्धान गरिरहेपनि अहिले पोष्टमार्टमको रिर्पोट आइ नसकेकोले तत्कालै केहि भन्न नसकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर