पूर्वाञ्चल खबर
विराटनगरस्थित विभिन्न शाखाका अधिकृत तथा विभिन्न तहका कर्मचारीले संयुक्त रुपमा आज हरितालिका तीज मनाएका हुन् ।
विराटनगरस्थित जलजला मोड, ट्राफिक चौक, मेनरोड, तीनपैनी र कंचनबारी शाखाका कर्मचारीहरुले संयुक्त रुपमा तीज मनाएका हुन् ।
व्यवसायिक कर्मसँगैको व्यवस्तताबाट केही फुर्सद मिलाएर सांस्कृति पर्वको महत्व एकता र आपसी प्रेममा अझ झल्कने भएकोले संयुक्त कार्यक्रम गरी तीज मनाइएको ट्राफिक चौक शाखाकी अपरेस्नल इन्चार्ज(ओआई) मधु कोइरालाले बताइन । उनले भनिन्,“हरितालिका तीज नेपाली महिलाहरुको महान पर्व पनि हो । हामीले पर्वलाई आपसी भाइचाराको रुपमा अघि बढाउने उद्देश्यले एकसाथ मनाएका हौं ।”
केही समय अघिमात्र बैंक अफ काठमाडौलाई गाभेर चुक्ता पूँजीका आधारमा ग्लोबल आइएमई देशकै सबैभन्दा ठूलो बैंक बनेको थियो । बैंकको कोशी प्रदेशस्थित सबै जिल्लामा शाखा कार्यालय रहेका छन् ।