AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

औषधी व्यवसायी संघको ५० औं स्थापना दिवस मनाउने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० जेष्ठ २०८०, मंगलवार १७:५५
117
Shares
विराटनगर / नेपाल औषधी व्यवसायी संघको ५० औं स्थापना दिवस विविद्य कार्यक्रम आयोजना गरी एक हप्ताभरी मनाउने निर्णय गरेको छ ।

नेपाल औषधी व्यवसायी संघ मोरङ जिल्ला शाखाले विविद्य कार्यक्रम आयोजना गरी हप्ताभरी संघको स्थापना दिवस मनाउने निर्णाय गरेको हो ।

कार्यसमितिको ५१ औं बैठकले असार ५ गतदेखि १० गतेसम्म हप्ताभरी विभिन्न कार्यक्रम आयोजना गरी मनाउने निर्णय गरेको संघका अध्यक्ष लक्ष्मीप्रसाद तिम्सिनाले जानकारी दिए । संघको स्थापना दिवस असार १० गते पर्दछ । सोही अवसर पारेर संघको स्थापना दिवसमा रक्तदान कार्यक्रम, कोशी अस्पतालका विरामीलाई फलफूल वितरण, निःशुल्क स्वास्थ्य शिविर, स्वास्थ्य सामाग्री वितरण, अग्रज औषधी व्यवसायीलाई सम्मान, झण्डोतोलनलगायतका कार्यक्रमहरु आयोजना गरी मनाउने निर्णय भएको तिम्सिनाले जानकारी दिए । यस वर्ष संघको स्थापना दिवस भव्य र सभ्य तरिकाले मनाउने उनले बताए । संघको स्थापना दिवस प्रत्येक वर्ष विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै आएको छ ।

यस वर्ष हप्ताभरी कार्यक्रम गर्नको लागि संघले संयोजक र सह–संयोजकहरु पनि तोकेको छ । कार्यक्रमको मुल संयोजकमा संघका उपाध्यक्ष तथा प्रवत्ता देशबन्धु ढकाल रहेका छन् । सह–संयोजकहरुमा प्रकाश धिमाल, पुष्पराज पोखरेल, सरिता चौधरी श्रेष्ठ, अनिल शर्मा चौधरी रहेको संघका उपाध्यक्ष तथा प्रवक्ता ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर