AArya
RUMPUM
animated ellipse animated ellipse

एलएलसी हटयो तर हटेन भागबण्डा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ चैत्र २०७३, मंगलवार १९:३४
3
Shares
विराटनगर, १ चैत / शिक्षा ऐन संसोधनले एसएलसी परीक्षा हटेर एसईई भएपनि केन्द्राध्यक्ष भागबण्डामा नियुक्ति गर्ने परम्परा भने हट्न सकेन ।
मोरङ जिल्लामा राजनैतिक भागबण्डाकै आधारमा केन्द्राध्यक्षको माग भएपछि गतवर्षसम्म एलएलसी भनिएको र यस वर्ष माध्यमीक शिक्षा परीक्षाको केन्द्राध्यक्ष तोक्नै सकस परेको छ ।
बिहीबार देखि परीक्षा सुरु हुने भएपनि मंगलबारसम्म भागबण्डा नमिल्दा परीक्षा तयारी सुरु भएको छैन । नेकपा एमाले, नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र, मधेशी मोर्चालगायतका दल निकट शिक्षक संगठनले कोटाको आधारमा केन्द्राध्यक्ष माग गरेपछि समस्या सृजना भएको हो ।
एमालेले गत वर्ष लिएको २४ नै हुनुपर्ने, काग्रेसले गत वर्ष लिएको १९ नै हुनुपर्ने र केन्द्रले यस पटक १४ हुनुपर्ने र मधेशी मोर्चाले १० वटा दिनुपर्ने माग गरेपछि समस्या भएको हो । प्याब्सन र एन प्याब्सनलाई विगत वर्षदेखि नै ७ वटा कोटा दिने गरिएको छ ।
जिल्ला शिक्षा कार्यालयको अनुसार एसएलसी हटेपनि परीक्षा लिने प्रणाली र केन्द्राध्यक्षको सुविधालगायतको सबै कुरा पुरानै संरचना अनुसार गर्ने भएको पनि केन्द्राध्यक्षको भागबण्डा माग भएको हो ।
जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनालले भने,‘ एलएलसी परीर्वतन भए पनि सबै काम पुरानै प्रणालीबाट गर्दैछौ । त्यसैले पनि केही समस्या भएको हो ।’
मोरङ जिल्लामा यस वर्षको परीक्षामा नियमित परिक्षार्थी १७ हजार ९ सय ८३ , ग्रेड वृद्धी १ हजार ९ सय ५७ जना र एक्जामटेड ७ सय ६६ गरी २० हजार ७ सय ६ जना परीक्षार्थी रहेका छन् । यस वर्ष मोरङमा ६७ वटा केन्द्र तोकिएको जिल्ला शिक्षा कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर