विराटनगरको हिमालय टाकिजले कर बुझाउन आलटाल, दिल्ली पब्लिक स्कुलले पनि तिरेन ३५ लाख कर

खबर पूर्वाञ्चल, २१ फाल्गुन २०७९, आईतवार १९:०१
1.22k
Shares

विराटनगर / विराटनगरस्थित हिमालय टाकिज प्रालिले ४२ लाख रुपैयाँ भन्दा बढी विराटनगर महानगरपालिकालाई कर तिर्नुपर्ने कर बुझाउन आलटाल गर्दै आएको छ ।

महानगरपालिकाले दिएको समयसीमाभित्र कर बुझाउन हिमालय टाकिजले आलटाल गर्दै आएको महानगरले जनाएको छ ।महानगरपालिकाले सुरुमा दिएको समयसीमा भित्रमा हलले कर वापतको बक्यौता नबुझाएपछि थप समय दिएको छ । यसअघि दिएको समयभित्र हिमालय टाकिजले बक्यौता रकम नदिएपछि महानगरपालिकाले बुधबार विहान ७ बजेसम्मको समय दिएको छ ।

यसअघि राजस्व महाशाखाको नेतृत्वमा गएको अनुगमन समितिले शुक्रबारसम्म कर तिनुपर्ने र नतिरे हलमा तालाबन्दी गर्ने चेतवनी दिएको थियो । सिनेमा हलले शुक्रबारसम्म कर नबुझाएपछि आज तालाबन्दी गर्न महानगरपालिकाको टोली गएको थियो । बुधबारसम्म कर बुझाउने समयसीमा मागेपछि अन्तिम पटक समय दिएको महानगरपालिकाको राजस्व महाशाखा प्रमुख सरोज गौतमलले जानकारी दिए । बुधबारसम्म हिमालय सिनेमा हलले बुझाउनुपर्ने कर वापतको रकम नबुझाए तालाबन्दी गरिने महानगरले जनाएको छ । ‘हामी बुधबारसम्म हेर्नछौं, हल सञ्चालकले भनेको समयभित्र महानगरपालिकालाई कर नबुझाए बाध्य भएर तालाबन्दी गर्नेछौं,’ उनले भने, ‘बुधबार त्यो यो बहाना हामी सुन्ने छैनौं ।’

हिमालय टाकिज प्रालिले महानगरपालिकालाई मनोरञ्जन, व्यवसायी र सम्पती कर गरी ४२ लाख भन्दा बढी तिर्न बाँकी छ । उसले ३२ लाख रुपैयाँ सम्पती कर तथा मनोरञ्जन र व्यवसायिक कर १० लाख रुपैयाँ तिर्न बाँकी रहेको राजस्व महाशाखा प्रमुख गौतमलले जानकारी दिए ।

सिनेमा हलले बिक्री भएको टिकटको मनोरञ्जन कर वापत ३ प्रतिशत कर महानगरपालिकालाई बुझाउनुपर्ने कानूनी व्यवस्था छ । तर, हिमालय हलले अहिलेसम्म कर बुझाएको छैन । विराटनगरमा रहेको भाटभाटेनीको क्यिूएफएक्स, सिटी सिनेमा, अरुण सिनेमा हललगतयाले पनि मनोरञ्जन कर नतिरेको पाइएको छ ।

विद्यार्थीबाट चर्को शुल्क लिने विराटनगरस्थित दिल्ली पब्लिक स्कुल डिपिएसको नाममा रहेको जग्गा, भवनलगायत अन्य भौतिक सम्पत्तिबापत महानगरले ३५ लाख रुपैयाँ राजश्व प्राप्त गर्नुपर्ने देखिएको छ । महानगरपालिकाले पटक–पटक ताकेता गर्दा पनि डिपिएसले जग्गा, भवनलगायतका अन्य भौतिक सम्पत्तिबापतका कर तिर्न चासो देखाएको छैन ।

महानगरलाई व्यवसाय कर र सम्पत्ति कर नतिर्नेमा विराटनगरको व्यावसायिक समूह आरके सेन्टर मल पनि छ । आरके मलबाट २८ लाख रुपैयाँ राजश्व प्राप्त गर्न बाँकी रहेको महानगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

koshi province
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५