खबर पूर्वाञ्चल
सोमबारदेखि लगातार दुई पटक गरेको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएकोले उनीहरुलाई शुक्रबार विहान डिस्चार्ज गरिने कोशी कोभिड अस्पताल विराटनगरले जनाएको छ ।
उनीहरु सबैमा दोस्रो पटक आरटी पिसिआर गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको हो ।
यस अघि विराटनगर स्थित कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा रहेका ६ जना बुधबार कोरोनामुक्त भएर डिस्चार्ज भएका थिए । यतिबेला कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा २५ जना रहेका छन् ।
अस्पतालको आइसोलेसनमा रहेका थप ८ जना कोरोनामुक्त पुष्टि भएकोले शुक्रबार डिस्चार्ज गरिने प्रदेश १ सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए । उनीहरु सबैको अवस्था सामान्य रहेको छ ।
प्रदेश १ मा कोरोना संक्रमित देखिएका उदयपुरका २८, झापाका २ र भोजपुरका १ जना अस्पतालमा राखिएको थियो । उनीहरुमध्ये ६ जना डिस्चार्ज भइसकेको र ८ जना शुक्रबार डिस्चार्ज भएपछि बाँकी १७ जना रहनेछन् ।
प्रदेश १ मा पिसिआरबाट हालसम्म १ हजार ७ सय ८९ जनाको परीक्षण गरिएको छ । त्यस्तै आरडिटिबाट ६ हजार ८ सय ३१ जनाको परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना सूचना डेस्कले जनाएको छ ।
तपाईको प्रतिक्रिया