AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सेनाद्वारा बक्रकुण्ड पञ्चेश्वर मन्दिरको मूल प्रवेशद्वार निर्माण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ बैशाख २०८०, मंगलवार ०६:०१
3
Shares
धनकुटा / नेपाली सेनाले धनकुटा नगरपालिकाको हिलेस्थित वक्रकुण्ड पञ्चेश्वर महादेवको मन्दिर परिसरमा पूर्वाधार विकास कार्यक्रम अन्तर्गत मूल प्रवेशद्वार निर्माण गरी आज हस्तान्तरण गरिएको छ।

सेनाको क्विक इमप्याक्ट कार्यक्रम अन्तर्गत १० लाखको लागतमा एतिहासिक महत्व वोकेको उक्त्त प्रवेशद्वारको निर्माण कार्य विस २०७९ कात्तिक ३ गते शुरु गरिएको थियो । प्रवेशद्वारा भक्तपुरका दक्ष कालिगढले पुरातात्विक शैलीमा निर्माण गरेको श्री नम्बर २ बाहिनी अड्डा हिलेले जनाएको छ ।

नेपाली सेना पूर्वी पृतनाका हेड क्वाटर इटहरीका पृतनापति डा आसबहादुर तामाङले प्रवेशद्वारको सोमबार उद्घाटन गर्दै निर्माणले ऐतिहासिक र धार्मिक महत्व वृद्धि गर्नुका साथै मन्दिर तथा धनकुटा जिल्लामा धार्मिक पर्यटक आवागमनमा वृद्धि हुने विश्वास व्यक्त्त गरे ।

सो अवसरमा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम,२ नं वाहिनी अड्डाका वाहिनीपति सहायक रथी महेशकुमार थापा,भीमदल गणका गणपति प्रमुख सेनानी सुमन थापा,धनकुटा वडां १ का अध्यक्ष वाङ्गदा तामाङ लगायतले प्रवेशद्वार निर्माणले यस क्षेत्रको गरिमा वृद्धि भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर