AArya
RUMPUM
animated ellipse animated ellipse

ग्रेडेड स्पोर्टस् मिट सुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ माघ २०७९, मंगलवार १६:१३
99
Shares
विराटनगर / विराटनगरस्थित गे्रडेड बोर्डिङ स्कूलमा ‘ग्रेडेड स्पोर्टस्  मिट २०७९’ सुरु भएको छ ।

स्कूलले आज एक कार्यक्रमको आयोजना गरि दुई दिने स्पोर्टस् मिट सुरु गरेको हो । बुधबारसम्म सञ्चालन हुने स्पोट्र्स मिटमा एक दर्जन बढी खेलहरू समावेश गरिएको छ । स्पोट्र्स मिटमा गणित दौड, चकलेट दौंड, दौड, डोरी तान,ज्याभ्लीङ थ्रो, भलिबल, फुटबल, स्पोन रेस, सटपुट, कवडी र टेवलटेनिसलगायतको खेलहरू समावेश गरिएको स्कुलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले बताए । उक्त स्पोट्र्स मिटमा नर्सरीदेखि कक्षा १० सम्मका करिव ६ सय विद्यर्थीहरूले भाग लिएको प्रिन्सिपल सुवालले जानकारी दिए ।

विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले स्कूलले प्रत्येक वर्ष यस्तो गतिविधिहरू गर्दै आएको प्रिन्सिपल सुवालले बताए । स्पोर्टस् मिटको विजेताहरूले आकर्षक ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर