AArya
RUMPUM
animated ellipse animated ellipse

शिक्षादीप कलेजको आठौं वार्षिक उत्सव सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ फाल्गुन २०७३, शनिबार १६:४२
3
Shares
विराटनगर, २८ फागुन / विराटनगर – १३ मा रहेको शिक्षादीप कलेजको आठौं वार्षिक उत्सव सम्पन्न भएको छ ।
कलेजकोे प्राङगणमा शनिबार सम्पन्न वार्षिक उत्सवमा विविद्य कार्यक्रम गरी मनाएको हो । कलेजजले आन्तरिक परिक्षा, हिसान तथा आन्तरिक खेलकुदमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
विद्यार्थीहरुले नृत्य, गायन, नाटकलगायतको विभिन्न कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव मनाएका थिए ।
कार्यक्रमको प्रमुख अतिथि पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति प्रा.डा. घनश्यामलाल दास, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, केन्द्रीय सदस्य शंकर भट्टराई, हिसान मोरङका अध्यक्ष बलराम पन्त, मोरङका प्रहरी प्रमुख सन्दिप भण्डारी, मोरङ ब्यारपार सँघका पूर्व अध्यक्ष अविनाश बोहोरा र कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का, विद्यार्थी एइमान जान र हन्सराज रौनियारलगायतले बोलेका थिए । कलेजका अध्यक्ष भिम पराजुलीको सभापतित्वमा वार्षिक उत्सवमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर