AArya
RUMPUM
animated ellipse animated ellipse

उखुबारीमा भेटिएको दुई शव मध्ये एकको पहिचान खुल्यो, धरान घर भएका राजेन्द्रकुमार श्रेष्ठ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ माघ २०७८, बिहीबार १७:१५
1.29k
Shares
विराटनगर / मोरङको धनपालथान–७ स्थित उखुबारीमा गाडिएको अवस्थामा फेला परेको हत्या गरेपछि खालड खनेर गाढेको अवस्थामा दुई जना पुरुषको शव फेला परेकोमध्ये एक जना पुरुषको पहिचान खुलेको छ ।

आज दिउँसो उत्खनन गरेर निकालिएको शव सुनसरीको धरान ३ घर भई भक्तपुरमा बस्दै आएका ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको रहेको मोरङ प्रहरीका प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए । उनको साथदेखि एनटिसीको सिम कार्ड, पर्स र सवारी चालक प्रमाणपत्र पनि फेला परेको एसपी जिसीले जानकारी दिए ।

उखुबारीमा सात फिट गहिरो खाडल खनेर गाढेको अवस्थमा श्रेष्ठको शव भेटिएको हो । श्रेष्ठको घाँटीमा डोरीले बाँधेको डाम देखिएको छ । उनको हत्या गरेपछि सात फिट गहिरो खाडल खनेर शव गाडेको अवस्थमा फेला परेको प्रहरीले जनाएको छ । शव फेला परेको उखुबारी स्थानीय बरजंगी सिंहको रहेको छ ।

सोही ठाउँदेखि करिव ४० मिटर पूर्व गंगाप्रसाद सिंहको उखुबारीमा भेटिएको अर्का एक पुरुषको पहिचान खुल्न बाँकी छ । करिव ३०–३५ वर्षका पुरुषको शव हिजो राती भेटिएको थियो । दुवै शवको प्रकृति एकै खाले तरिकाले खाडल खनेर गाडेको अवस्थमा भेटिएको मोरङ प्रहरीका एसपी जिसीले जानकारी दिए ।

उखु काट्ने क्रममा किसानले खनेर पुरेको अवस्थामा खाल्डो भेटाएका थिए । शङ्कास्पद खाल्डो भेटिएपछि प्रहरीलाई खबर गरेपछि प्रहरीले खाल्डो खनेर हेर्दा कपडासहित गाडेको अवस्थामा शव भेटिएको थियो ।

एसपी जिसीका अनुसार दुवै शवको प्रकृति हेर्दा हत्या गरेर गाडिएको देखिन्छ । तर कुन तरिकाले हत्या गरिएको हो भन्नेबारे केही नखुलेको र पोस्टमार्टम रिपोर्टपछि थाहा हुने उनले बताए ।

घटनास्थल बस्तीबाट करिब ५ सय मिटर टाढा पर्छ । एकान्त र उखुबारीको बीचमा भएका कारणले हत्याराले शव गाड्न सहजै सो स्थान प्रयोग गरेको प्रहरीको निष्कर्ष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर