विराटनगर, २५ फागुन /अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा एमाले निकट अनेमसंघले अन्तरक्रिया कार्यक्रम गरेको छ ।
पार्टी कार्यालय पाञ्चालीमा अनेमसंघ नगरकमिटी विराटनगर र क्षेत्र नम्बर ५, ६ र ७ को संयुक्त आयोजनामा भएको कार्यक्रममा एमाले मोरङ अध्यक्ष विनोद ढकालले महिलालाई अझै पनि विभेद गर्ने परिपाटी कायमै रहेको बताए । उनले महिला र पुरुषवीचका विभेदलाई अन्त्य गरी महिला शशक्तिकरणमा जोड दिनुपर्ने बताए ।
उनले महिला शशक्तिकरणले समाज परिवर्तन सम्भव रहेको बताए । एमाले मोरङका पूर्वअध्यक्ष महेश रेग्मीले आर्थिक रुपमा महिला सवल भए पीडित बन्नु नपर्ने उल्लेख गरे । अनेमसंघकी केन्द्रिय सदस्य यशोदा अधिकारीले महिलाहरुमा अझै पनि समान व्यवहार हुन नसकेको गुनासो गरीन् ।
कार्यक्रममा महिला नेतृहरु विमला घिमिरे, सवित्रा रेग्मी, राधा अधिकारी लगायतले बालेकी थिइन् ।